२०७९ आश्विन ११ मंगलवार

यु’द्ध अन्त्यका लागि दक्षिण कोरिया माथि प्योङयाङका सर्त !

एजेन्सी : उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटु’तापूर्ण व्यवहारलाई’ परि’त्याग गरेमा सियोलसँग यस’द्ध अन्त्यका लागि पुनः वार्ता गर्न सकिने बताउनुभएको छ ।

दक्षिण कोरियाले ‘शत्रुतापूर्ण नीतिहरू’ रोकेको खण्डमा मात्र उत्तर कोरिया उक्त प्रस्तावबारे कुरा गर्न इच्छुक रहेको नेता यो–जङले बताउनुभयो । यो–जङद्वारा हालै जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना गतिविधिलाई न्यासङ्गत देखाउन खोज्ने

तर हाम्रो आत्मरक्षाको अधिकारको उचित अभ्यासमा खोट देख्ने दोहोरो मानसिकता, अ’सङ्गत पूर्वाग्रह, नराम्रो बानी तथा शत्रु’तापूर्ण अडान परि’त्याग गरिनुपर्छ ।” उल्लेखिते पूर्वसर्त पालना भएको अवस्थामा मात्र प्रत्यक्ष वार्तामा बस्न र यु’द्ध अन्त्य भएको घो’षणा गर्न सम्भव हुनेछ ।”

कोरियाली यु’द्ध अन्त्य भएको घोष’णा गर्न दक्षिण कोरियाको आह्वानपछि नेता यो–जङले त्यस्तो प्रतिक्रिया दिनुभएको हो । कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने यु’द्ध सन् १९५३ मा एउटा यु’द्धविरामपछि रोकिएको थियो ।

तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन । त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा यु’द्धमा छन् । बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ ।

उत्तर कोरियाले यु’द्ध अन्त्य भएको घोषणा गर्न एक प्रमुख सर्त आफूवि’रुद्ध लगाइएको आर्थिक नाकाबन्दीलाई पहिले हटा’इनुपर्ने माग राख्ने गरेको छ । दक्षिण कोरियाको प्रमुख सैन्य सहयोगी रहेको अमेरिकाले उत्तर कोरियाले पहिला आ’णविक अ’स्त्र परि’त्याग गर्नुपर्ने बताउँदै आएको छ ।

२०७८ आश्विन ११, सोमबार ०६:०१ गते 1 Minute 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।