२०७९ आश्विन १२ बुधबार

दक्षिण काेरियाका चारजना नागरिकलाई कास्की अदा’लतले पुर्पक्षका लागि थु’नामा पठायो !

पोखरा : विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आ’रोपमा पक्रा’उ परेका चार कोरियाली नागरिकलाई जिल्ला अदा’लत कास्कीले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ ।

पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्ट’हाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई सोमबार अदा’लतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको हो ।

थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले चारैजना कसुरदार होइनन् भनी भन्न नमिल्ने भन्दै कारागार पठाउने आदेश गरेको हो । जिल्ला अ’दालतका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार फौजदारी कार्यविधि

संहिताको दफा ६७ बमो’जिम उनीहरु पुर्प’क्षका लागि थु’नामा पठाइएको हो । ‘प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई कारागार पठाउनु,’ आदेशमा छ । -हाम्रो खबर बाट

२०७८ आश्विन ११, सोमबार २१:४८ गते 1 Minute 232 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।