२०७९ आश्विन २० बिहीबार

ईपिएस प्रक्रिया पुरागरेका नेपाली नागरिकलाई तत्काल कोरिया पठाउन संसदीय समितिको निर्देशन !

काठमाडौ : बासुदेव भट्ट, संसदीय समितिले कोरियाली भाषा परीक्षा पास गरेर सम्पूर्ण प्रक्रिया पुरा गरी अलपत्र परेका नेपाली नागरिकलाई अविलम्ब दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित सम्बन्धि समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन र छनौट भएका कामदारहरु कोरिया

नगएसम्म नयाँ परीक्षा नगर्नको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।
आइतबार बसेको बैठकमा समितिले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन

निर्देशन दिएको समितिका सभापति बिमल प्रसाद श्रीबास्तबले जानकारी दिए ।बैठकमा लामो समय देखि भाषा परीक्षा पास गरेर सम्पूर्ण प्रक्रिया पुरा गरिसक्दा पनि कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यहरुले सरकारको आलोचना गरेका थिए ।-हाम्रो खबर बाट

२०७८ आश्विन ११, सोमबार २१:५५ गते 1 Minute 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।