२०७९ आश्विन १० सोमबार

दक्षिण कोरियामा गर्भ-वती र बालबालिकालाई को’भिड वि’रुद्धको खो’प लगाइने ।

सोउल : दक्षिण कोरियामा गर्भ’वती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई को’भिड –१९ वि’रुद्धको खो’प लगाइने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को

महिनादेखि गर्भवती र बालबालिकाले पनि खो’प लगाउनेछन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाखभन्दा बढी बालबालिका लाभा’न्वित हुनेछन् ।

गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्र’मण तीव्र रूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो। अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्र’मित भएका थिए। त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन् ।

अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्र’मित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ। यसैगरी स्वास्थ्य निकायले दिएको जानकारीअनुसार स्वास्थ्यकर्मी र अन्य जो’खिममा रहेका समूह र ६० वर्ष माथिका समूहलाई

अक्टोबर २५ देखि तेस्रो मात्रा अथवा बुस्ट’र डोज लगाइने भएको छ। हालसम्म दक्षिण कोरियाले ७४.२ प्रतिशत जनतालाई खो’प लगाइसकेको छ। -एजेन्सी

२०७८ आश्विन ११, सोमबार २२:०० गते 1 Minute 230 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।