२०७९ आश्विन १२ बुधबार

सलाम ! चालकदलसहित ७७ यात्रुको ज्यान बचाएपछि शेर्पा बने ‘रियल हिरो’ ।

काठमाडौ : बुद्ध एयरको जहाजलाई ठूलो दु’र्घ’टनाबाट जोगाएर ७७ जनाको ज्यान बचा’उने क्याप्टेन आङगेलु शेर्पा अहिले रातारात चर्चामा आएका छन् ।आइतवार विहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा ल्याण्डिङ

गियरमा समस्या देखि’एपछि काठमाडौं डाइभर्ट गरिएको थियो । यात्रुसहित काठमाडौं फर्केको जहाजले काठमाडौंको आकाशमा पनि झण्डै दुई घण्टासम्म १० पटक फन्को मा’रेको थियो ।सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । सो जहाज सिनियर क्या’प्टेन आङगेलु शेर्पाले उडाएका थिए ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँत’र्फको पा’ङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बु’लेन्स र उ’द्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

जहाजमा भरिएको इ’न्धन कम गर्ने उदेश्यले धेरैपटक आकाशमा फन्को मा’रेपछि अनभुवी क्या’प्टेन शेर्पाले निकै कुशलतापूर्वक जहाजलाई त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएका हुन् ।जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् भने अधिकांश यात्रु आइतवार नै विराटनगरका लागि अर्को जहाजमा उडेका छन् ।

बाँकी १७ जनालाई बुधवार उडाउने बुद्ध एयरले जनाएको छ ।ठूलो संकटको भूमरीमा फसिसकेको जहाज र त्यसमा सवार यात्रुहरुलाई सकुशल अवतरण गर्ने सिनियर क्याप्टेन शेर्पाको अहिले सर्वत्र प्रशंसा भैरहेको छ ।

सामाजिक सञ्जालमा धेरैले अहिले उनलाई रियल हिरोको उपमासहित धन्यवाद दिएका छन् । काठमाडौंबाट विराटनगर उडेको जहाज कल साइन नाइन एन-एएनआई, उडान संख्या यु ४ ७०१ मा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ।

२०७८ आश्विन ११, सोमबार २२:३४ गते 1 Minute 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।