२०७९ आश्विन १५ शनिबार

क्यानडा पठाईदिने भन्दै ठ’गि गर्नेहरु ठ’गि गरेको पैसा निकाल्न गएकै अवस्थामा प’क्राउ ।

काठमाडौँ : क्यानाडामा फुड प्याके’जिङमा काममा लगाई दिने भनि ठ’गी गर्ने व्यक्तिहरु प’क्राउ परेका छन् । प’क्राउ परेकाहरुमा मोरङ पथरीका नगेन्द्र बिश्वकर्मा र प्रवेज आलम रहेका छन् । झापाको कमल गाउँपालिका वडा नं. ६ घर

भएर काठमाण्डौ बानेश्वरमा बस्दै आएका आशिष काफ्ले Carrer opportunity Urgent Need in Eden Solution Canada मा आएको विज्ञापनबाट ठ’गिएका छन् । पि’डित काफ्लेले फेसबुकमा बिज्ञापन देखेर बिज्ञापनमै रहेको

व्हट्स’एप नम्वर +१३०७४८१६३१४ मा सम्पर्क गर्दा क्यानाडामा फुड प्याकिङको लागि २ लाख २५ हजारमा जागिर लगाई दिने प्रलोभनमा पारेर ठ’गि गरेको प्रहरीमा उ’जुरी दिएका थिए । काफ्लेलाई क्यानडाको लागि ४ लाख खर्च लाग्छ भनि पासपोर्ट समेतका कागजातहरु पठाउन लगाएर प्रो’सेसिङको लागि सिटि एक्स’प्रेसवाट विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

काफ्लेले प्रहरीमा उजु’री दिएपछि ठ’गी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको बारेमा प्रहरीके अनु’सन्धान सुरु गरेको थियो । यसै क्रममा प्रहरीले आईएमई तथा सिटि एक्स’प्रेस मार्फत पठाएको रकम लिने काममा संलग्न नगेन्द्र बिश्वकर्मा र परवेज आलमको समेत संलग्नता रहेको बुझिन आएको थियो ।

प्रहरीले ठ’गीमा संलग्नहरुलाई प’क्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङको सहयोग लिएको थियो । यस क्रममा असोज ८ गते दिउँसो मोरङको उर्लावारीमा रहेको कावेली रेमिटमा रकम निकाल्न गएको अवस्थामा नगेन्द्र बिश्वकर्मा र प्रवेज आलमलाई प्रहरीले पक्रा’उ गर्न सफल भएको थियो ।

पक्राउ परेकाहरुलाई काठमाडौँ स्थित प्रहरी महाशाखामा ल्याई ठगी सम्वन्धि कसूरमा थप अनु’सन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्रा’उ पर्नेहरुले फेसवुक पेजमा झु’ठ्ठा विज्ञापन बनाई व्हाट्सएप नम्वर राखी प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउन

लगाई भौचरको फोटो समेत व्हाट्स’एपमा पठा उन लगाई रकम निकाल्ने गरेको खुलेको छ । पक्रा’उ पर्नेहरुमध्ये एक मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नं. १० बस्ने ३६ बर्षका नगेन्द्र विश्वकर्मा छन् भने अर्को एक मोरङकै सुनबर्षी नगरपालिका वडा नं. ८ बस्ने ३७ बर्षका प्रवेज आलम हुन् ।

पछिल्लो समय बिभिन्न पेजमा नेपाल सरकारले अनाधिकृत बिज्ञापन देखिन थालेको छ । वैदेशिक रोजगारको प्रलो’भनमा नेपाली युवाहरु निरन्तर ठ’गि गिरोहको चं’गुलमा पर्ने गरेका छन् । वैदेशिक रोजगारको नाममा हुने ठ’गि नियन्त्र’णमा वैदेशिक रोजगार बिभागको नेतृत्व मौन बसिदिंदा ठगि थप मौलाउने देखिएको छ । -साझा सबाल

२०७८ आश्विन १२, मंगलवार ११:१८ गते 1 Minute 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।