२०७९ आश्विन १२ बुधबार

साउदी अरेबियामा भिसा अवधिभित्रै नफर्किए तीन वर्षे बन्देज ।

काठमाडौं : साउदी अरबले बिदामा घर फर्की भिसा अवधि भित्रै नफर्किनेलाई तीन वर्षे बन्देज लगाउने भएको छ । साउदी गजेटका अनुसार तसाउदी अरबबाट विदामा गएकाहरूले

रोजगारदाताले नयाँ भिसा उपलब्ध गराएमा बाहेक तीन वर्षे प्रावधान लागू हुने बताएको छ । घरेलु कामदारको हकमा भने ६ महिनाभित्र साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वतः खारेज गरिने जनाइएको छ ।

थप समाचार,
कराते च्याम्पियनसिपमा सहभागी हुन चिम्निज जाँदै सुमन ।

काठमाडौं : चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् ।

अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा स्वछम गुरुङ छन् । टोलीको हवाइ टिकट गोंगबुस्थित सागा एड्भन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली बिहीबार राती ११ बजे टर्किस एयरलाइन्सबाट जर्मनी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

२०७८ आश्विन १२, मंगलवार १९:०८ गते 0 Minutes 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।