२०७९ आश्विन ११ मंगलवार

भाषा परीक्षामा उत्तीर्णहरूको नाम इजरायली दूतावासमा पुग्यो ।

काठमाडौं : बैदेशिक रोजगारमा इजरायलका लागि भाषा परीक्षामा उत्तीर्णहरूको नाम नेपालस्थित इजरायली दूतावासमा पुगेको छ । वैदेशिक रोजगार विभागले इजरायलका

दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरको रोजगारीमा जान लिएको भाषा परीक्षा उत्तीर्ण १ हजार ६ सय परीक्षर्थीको नामावली नेपालस्थित इजरायली दूतावासलाई बुझाएको हो । भाषा परीक्षामा उत्तीर्ण २ हजार ३९ जनामध्ये अंग्रेजी भाषा

परीक्षा उत्तीर्ण गरी तौल तथा तोकिएको उचाइ पुगेका १ हजार ६ सय जना सिफारिस भएका हुन् । त्यसमध्ये कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जना छनोट गरिने छ । शुरूमा एक वर्षको करार अवधिका लागि जाने नेपाली कामदार ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्ने व्यवस्था छ ।

इजरायल जानका लागि १ लाख ६५ हजार ७०० लाग्ने प्रारम्भिक अनुमान छ । जहाज भाडा बढेमा लागत बढ्न सक्ने छ । नेपाली कामदारको मासिक करिब १ लाख ९० हजार रुपैयाँ पारिश्रमिक हुने छ ।-साझा सबाल

२०७८ आश्विन १२, मंगलवार १९:५२ गते 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।