२०७९ आश्विन ११ मंगलवार

एमसीसी खारे’जी तथा महँ’गी निय’न्त्रणको माग राख्दै राप्रपाद्वारा विरो’ध प्रदर्शन !

काठमाडौं : एमसीसी खा’रेजी तथा महँगी नि’यन्त्रण गर्नुपर्ने, भ्र’ष्टाचारीलाई कार’वाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजा’तन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बि’रोध प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्र’घाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

त्यस्तै उनीहरुले महँगी निय’नत्रण गर, भष्ट्रा’चारीलाई कार’वाही गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनपछि राप्रपाले एमसीसी खारे’जीका साथै महँ’गी नि’यन्त्रण गर्नुपर्नेलगायतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थियो ।

थप समाचार,
मन्त्री बन्ने लाइनबाट बाहिरिए नारायणकाजी, यी हुन् माओवादीका सम्भावित मन्त्रीहरु !

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने इच्छा देखाएका नेता श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका हुन् ।

सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उसको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग छ ।

जसमा मन्त्री बन्ने इच्छा जाहेर गर्नेमा पूर्वउपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ पनि थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री पद नै नराख्ने निर्णय गरेपछि नेता श्रेष्ठ मन्त्रीहुने लाईनबाट बाहिरिनु परेको हो।

यतिबेला माओवादी केन्द्रमा मन्त्रीको नाम टुङ्ग्याउन आन्तरिक छलफल भइरहेको छ । पछिल्लो जानकारी अनुसार हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट २ जना मन्त्री बन्नेछन् ।

त्यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट एकजना मन्त्री बन्ने पक्का छ । त्यस्तैगरी मधेस कोटाबाट मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको सम्भावना बलियो छ । उनीहरुले कुन मन्त्रालय पाउने भन्ने यकिन हुन भने बाँकी नै छ ।

२०७८ आश्विन १३, बुधबार १८:५७ गते 1 Minute 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।