२०७९ आश्विन १५ शनिबार

कतार सरकारको यो घोषणा कतिको प्रभा’वकारी होला ? नेपालीलाई यस्तो पर्नेछ असर !

दोहा : कतारले आफ्नो देशमा आउने बिदेशीहरुलाई लागु हुने यात्रा नीति परिवर्तन गरेको छ । कतारको नयाँ नीति अनुसार खोप लगाएर आएपनि विदेशी पर्यटकहरुले अनिवार्य दुई दिन

होटल क्वा’रेन्टाइन बस्नुपर्ने नियम सहितको नीति लिएको छ ।
कतार सरकारको नयाँ नीतिसँगै अब खो’प लगाएकाहरुले कतारमा १० दिने होटल क्वा’रेन्टाइन बस्नु पर्दैन, २ दिन मात्र बसे पुग्छ ।

नयाँ नीति अनुसार २ दिन होटल क्वारे’न्टाइनमा बसेकाहरुले होटल छाड्नुअघि अनिवार्य पीसीआर प’रीक्षण रिपोर्ट भने पेस गर्नु पर्नेछ । रिपोर्टमा नेगे’टिभ देखिए वा एण्टिब’डी टेस्टमा पो’जिटिभ देखिए मात्रै निर्वाध हिँडडु’ल गर्न दिइने हामद मेडिकल कर्पोरेशनले जनाएको छ ।

नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका आफ्ना नागरिकमा पनि लागु हुने क’र्पोरेशनले जनाएको छ । कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिलि’पिन्स र श्रीलंकालाई उच्च जोखिम भएका देशहरूको रूपमा वर्गीकृत गरेको छ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप पूर्ण डोज खोप लगाएका र यहाँको स्वास्थ्य मन्त्रा’लयले मान्यता दिएको खोप लगाएका नेपालीले कतार प्रवेश गर्दा १० दिने होटल क्वारे’न्टाइन बस्नुपर्ने बाध्यता हटेको छ । यो नीति लिने निर्णय भएपनि कहिलेदेखि यो नियम लागू हुन्छ भन्नेबारे उल्लेख गरिएको छैन ।

२०७८ आश्विन १३, बुधबार २१:०२ गते 1 Minute 83 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।