२०७९ आश्विन १५ शनिबार

नेपालबाट यस्ता ब्यक्तिहरु मात्रै मलेसिया रोजगारमा जान पाउने, हेर्नु-होस पुरा विवरण !

क्वालालम्पुर : मलेसियामा लामो समयदेखि जारी आवागमन नियन्त्र’ण आदेश (एमसिओ) खुकुलो भएको छ । पछिल्लो’पटक मलेसियन सरकारले को’भिड-१९ नि’यन्त्रण गर्ने हेतुले जारी गरेको नेसनल रिकभरी प्लान (पिपिएन)

अन्तर्गत नेपाल लगायतका पाँच देशका आप्रवासीहरुलाई प्रवेश खुला गरेको हो । कुन देश र कस्ता ब्यक्ति मलेसिया जान पाउछन् ? मलेसिया सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित पाँच देशहरूलाई मलेसिया प्रवेश दिने भएको हो ।

आवागमन अनुमति दिईएसंगै मलेसियाको दिर्घ’कालिन भिषा भएर पनि मलेसिया जान नपाएका, मलेसियामा बसोबास गर्ने स्थायी आप्रवासी, मलेसिया सरकारले भिषा जारी गरेका नेपालीहरु मलेसिया जान पाउनेछन् । मलेसियामा जाने विदेशी आगन्तुकहरुले मलेसिया प्रवेश गर्नको लागी पूर्ण खो’पको

मात्रा लगाएको खोप प्रमाणपत्र, मलेसियामा बुकिङ गरिएको होटल क्वारे’न्टाइन लगायत मलेसियन स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डको प्रक्रिया पुरा गर्नुपर्नेछ । त्यस्तै, मलेसियाको सरकारले १० सेप्टेम्बरदेखि आवागमन खुकुलो पार्ने गरी अगाडि बढेकोछ ।

मलेसियका प्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुबले “नेसनल रिकभरी प्लान” (पिपिएन) सार्वजनिक गरेर कोभि’ड-१९ बाट बिस्तारै सामान्य जनजीवनमा फर्किने योजना लागु गरिसकेका छन् । उक्त प्लान अन्तर्गत यदि कोबिड–१९ बिरु’द्धको दुबै खोप लगाएको छ भने रेष्टु’रेन्टमा बसेर खाना पनि खान पाइनेछ भने बजारमा किनमेल गर्न पनि पाइनेछ ।

जसअनुसार मलेसियाका विभिन्न राज्यमा मानिसको चहलपहल सुरु भएको देखिन्छ । मलेसियामा बयष्कहरुमध्येमा ५० प्रतिशतले दुबै खोप लगाएकोले यो सुबिधा थपिएको हो । अगस्ट ३१ तारिखसम्म लक्ष्य राखिएको भएता पनि सोचेको समयभन्दा चाडै कार्यसम्पन्न भएकोले सरकारले नयाँ कार्यक्रम ल्याएको बताएको छ ।

सरकारले फेज १, फेज २, फेज ३, फेज ४ गरि चार वटा सुधार योजना ल्याइएकोमा अब दुबै खोप लगाउने जो सुकैले जुनसुकै फेजमा भएता पनि बाहिर हिडडुल गर्ने, रेष्टुरेन्टमा बसेर खाना खान पाउनेछन् । मलेसिया सरकारले कोबिडको कारणले देशमा नागरिकहरुलाई सकेसम्म सुरक्षित राख्न लकडाउन लगाएको बताएको छ । मलेसियामा अहिले दैनिक झन्डै ४ लाख नागरिकले खोप लगाईरहेका छन् । जुन बिश्वमै उत्कृष्ट मध्येमा एक हो ।

पछिल्लोपटक को’रोनाको दोस्रो लहरको ठुलो मारमा रहेको मलेसियामा अझैपनि दैनिक करिब १० अौं हजार संक्रमित र सो भन्दाबढीले स्वास्थ्य लाभ गर्दै आएको तथ्यांकले देखाउछ । यद्यपि केही दिनदेखि भने मलेसियामा खोप लगाउनेको सङ्ख्या धेरै बढेकोले कोभि’ड-१९ निय’न्त्रण सहज हुने देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् ।

मलेसियामा बस्ने विदेशि नागकिरहरुले पनि बिना विभे’द खोप पाउने भएकोले सरकारले बारम्बार सबैले खोप लगाउन अनुरोध गरिरहेको छ । अबै’धानिक हैसियतमा रहेका नागरिकहरुले पनि कुनै पनि डकुमेन्ट बैधानिक प्रमाणपत्र बिना खोप लगाउन पाईरहेका छन् । -रामेछाप खबर बाट

२०७८ आश्विन १३, बुधबार २१:५९ गते 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।