२०७९ आश्विन १० सोमबार

विद्यालयमा फोटो खिचाउँदा मास्क खोल्न मानेनन् बालक, भनेः आमाले भनेको मात्र मान्छु ।

एजेन्सी : अमेरिकाको ला’स भेगसमा ६ वर्षका विद्यार्थीले विद्यालयको लागि तस्बिर खिचाउने समयमा पनि मास्क खोल्न मानेनन्। यो घ’टना यतिबेला विश्वभर भाइरल भएको छ।

एक कक्षामा पढ्ने ६ वर्षका म्याजन पिपल्सले विद्यालयमा आईडीकार्डको लागि फोटो खिचाउँदा मास्क खोल्न नमानेका हुन्। यतिबेला उनको आज्ञाकारी छोरा भनेर चर्चा भइरहेको छ। उनकी आमाले छोरालाई विद्यालयमा खाजा खानेबेला मात्र

मास्क खोल्नु भनेका रहेछन्। जसका कारण उनले विद्यालयमा शिक्षक तथा फोटोग्रा’ फरको मास्क खोल्नुपर्ने आग्रह मानेनन्। डेली मेलका अनुसार फोटो’ग्राफरले फोटो खि’चाउँदा मास्क खोल्दा हुन्छ भन्दा बालकले भनेका थिए ।

नाई मेरो आमाले मास्क नखोल भन्नु भएको छ। खाजा खाँदा मात्र मास्क खोल्नु भन्नु भएको छ। त्यसैले म मास्क खोल्दिन।’ बालकले मास्क खोल्न नमानेपछि उनले मास्क लगाएकै तस्बिर खिचिएको छ।

जुन यतिबेला भाइरल भइरहेको छ। आमाको आज्ञाकारी छोरा म्याजनको लागि यतिबेला सहयोग कार्यक्रम संचालन गरिएको छ। जसमा हालसम्म १८ हजार अमेरिकी डलर रकम संचालन भएको बताइएको छ।

२०७८ आश्विन १४, बिहीबार ०५:३४ गते 1 Minute 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।