२०७९ आश्विन २० बिहीबार

दु:खद खबर ! ड्युटीकै क्रममा हृद यघा’त भएर अस्पताल लैजादैँ गर्दा बाटोमै खत्रीको मृ’त्यु।

क्वालालम्पुर : मलेसिया आफ्नै देशमा रोजगार नभएपछि बिदेश जानु पर्ने बा’ध्यता रहेको छ नेपालीहरुलाई । आफ्नो परिवारलाई खुशी राख्ने उदेश्य ले विभिन्न खाडी मुलुक र मलेसियामा काम गर्न पुगेका नेपाली हरुको विभिन्न कारणले ज्यान जाने गरेको छ ।

यस्तै मलेसियामा कार्यरत एक नेपाली श्रमिकको पनि मृत्यु भएको छ। नेपाल ठेगाना ओखलढुङ्गा जिल्ला मोलूङ गाॅउपालीका-१ का तेज बहादुर खत्री को गत शनिबार करिब मलेशिया समय ११:०० बजे तिर मृ’त्यु भएको थियो। कम्पनीमा नियमित ड्यु’टीकै क्रममा काम गर्दागर्दै छात्ती दुख्यो भनेर

होस्टेलमा छुट्टी गरी बसेका र केहि ज्या’न लाई आराम भएको महसूस गरेपछि ऊनी पुनः काममा फर्किएका थिए। केही समय काम गर्दागर्दै फेरी छात्ती दु’ख्यो भन्न थालेपछी कम्पनीले थप उप’चारको लागी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृ’त्यु भएको सोही कम्पनीमा सँगै काम गर्ने नेपाली श्रमिक हरूले जानकरी दिए।

मृत’क खत्री करिब ७ बर्ष देखि मलेसियाको मलाका राज्यको आलोर गाजाहमा अवस्थित जुलिएस म्यानुफ्याक्चरिङ एसडिएन बिएचडी ( JULIE’S MANUFACTURING SDN BHD ) नामक कम्पनीमा कार्यरत थिए।

मृत’क खत्री यस् बर्षको दशैँ तिहार नजिकिँदै गर्दा घर फर्किने तयारीमा रहेको थिए। तर घर फर्किनु भन्दा पहिल्यै खत्रीको हृद’यघा’त ह’र्ट अट्या’क भएर मृ’त्यु भएको कम्पनी स्रोतले बताउनुभयो।

पो’स्तमा’ र्टम पश्चात् उनको मृ’त शरीरलाई नेपाल पठाउने तयारीमा रहेको र परिवार सँग पनि सम्पर्क भइसकेको कम्पनी स्रोतले बताउनुभयो। खत्रीको घरपरिवारमा ७८ वर्षीय बुवा , ७७ वर्षीय आमा, श्रिमती र दिदी एक र बहिनी एकजना रहेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिक ढकमनी लम्सालले जानकारी दिनुभयो। -मलायखबर

२०७८ आश्विन १५, शुक्रबार १८:४५ गते 1 Minute 249 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।