२०७९ आश्विन १० सोमबार

आज सार्वजनिक गरिएको सुचनामा अस्वीकृत मात्रै भनिएको छ – तर अबको प्रक्रिया के त?

काठमाडौ : बासुदेव भट्ट : नेपाली श्रमिक दक्षिण कोरिया पठाउनको लागि भन्दै सिधा उडानको लागि गरिएको बोलपत्र प्रस्तावहरु कानुनी एवं प्राविधिक मुल्यांकनका आधारमा योग्य नभएको बताइएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखा ग्वार्कोले आज एक सुचना निकाल्दै प्राप्त बोलपत्रहरु अस्वीकृत भएको जनाएको छ । गएको भदौ २ गते शाखाले काठमाडौ बाट दक्षिण कोरियाको सिओल सम्म नेपाली श्रमिक लैजान

टिकट आपुर्ति सम्बन्धि खरिद सेवाको लागि ३१ दिने बोलपत्र आह्वान गरेको थियो । यो बोलपत्र आह्वान दक्षिण कोरियाको सर्त अनुसार थियो । तर प्राप्त प्रस्तावहरु प्र’भाबग्राही नभएको भन्दै सार्वजनिक खरिद ऐेन २०६३ को दफा २६ उपदफा १

बमोजिम अस्वीकृत गरि सार्वजनिक खरिद एन २०६३ को दफा २६ को उपदफा ३ बमोजिम सम्बन्धित सबैलाई जानकारी गराइएको शाखाले जनाएको छ । यसबारे सम्बन्धित पक्ष सँग थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।-हाम्रो खवर बाट

२०७८ आश्विन १४, बिहीबार २०:४३ गते 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।