२०७९ आश्विन २० बिहीबार

के कतारमा रहेका नेपालीले कतार पुलिसमा भर्ना हुन पाउछन् ?

काठमाडौं : कतार प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले

राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. बाट पेश भएको उक्त माग पत्र प्रमाणीकरण गरेको दूतावास श्रोतले बतायो । स्रोतका अनुसार कतारले नेपालीलाई कतार प्रहरीमा भर्ना पछि कम्तीमा ६ हजार रियाल तलव दिने छ भने अन्य सेवा र सुबिधा समेत राम्रो हुने छ ।

त्यस्तै कतार सरकारले कतार प्रहरीमा करिब १० हजार नेपाली कतार प्रहरीको सहयोगीका रुपमा भर्ना गर्न चाहेको समेत सार्वजनिक भएको छ अब अहिले कतारमा रहेका धेरै नेपाली युवाहरुको जिज्ञासा भनेको कतारमा रहेका नेपालीले कतार प्रहरीमा भर्ना हुन पाउछ कि नाइँ भन्ने हो ।

कतारले नेपाल सरकार संग गरेको सम्झौतालाई आधार मन्नेहो भने कतार प्रहरीमा निजि मेनपावर कम्पनीले नै पठाउने छ । मेनपावर कम्पनीले मागपत्र प्रमाणीकरणको काम शुरु समेत गरेको छ ।

त्यस्तो अवस्थामा ती मागपत्र प्रमाणीकरण भएको मागमा नेपालबाट नै कतार प्रहरीमा भर्ना हुन सकिने जानकारहरु बताउदै आएका छन् । यश अर्थमा कतारमा रहेका नेपालीहरुले कतार प्रहरीमा जान नपाउने भने होईन , कतारमै रहेको एजेन्सी मार्फत सम्पर्कमा आएर कतार प्रहरीमा कतारमा

रहेका नेपालीहरु जान सकिने जानकार बताउछन् तर कतारमा रहेका त्यस्ता एजेन्सीमा सबै नेपाली युवाहरुको पहुच नभएको समेत बताउछन् जानकार । कतार प्रहरी सेवा सुबिधा र तलबको दृष्टिबाट निकै राम्रो मानिएको ले कयौ कतारमा रहेका नेपालीहरुले कतार प्रहरीमा जाने इच्छा पालेको हुन सक्छन् ।

त्यस्तो अवस्थामा कतार प्रहरीको लागि अनुमती लिएका र माग पत्र प्रमाणीकरण गरेका मेनपावर कम्पनी संग समन्वय गरेर बाकी प्रोसेसको बारेमा बुझेर कतार प्रहरीमा जान सकिने ठाउँ भने जिवितै रहेको जानकार बताउछन् ।

यता राजधानीमा रहेका अत्यन्त सीमित म्यानपावर कम्पनीले मात्र मागपत्र प्रमाणीकरण गरी पूर्व स्वीकृति लिने बुझिएपनि राजधानीका केही म्यानपावर कम्पनी र उनीहरुद्वारा निर्देशित केही अवैधानिक एजेन्टहरु डिमाण्ड नभएपनि पार्टी प्यालेस

बुक गरी भविष्यमा डिमाण्ड आउने आश्वासनका भरमा अन्तर्वार्ता गराउन शुरु गरेका छन् । त्यसकारण कुनै पनि निर्णयमा पुग्न सबै कुरा बुझेर मात्रै प्रक्रिया सुरु गर्न हुन र सम्बन्धित मेनपावर कम्पनी र निकायमा मात्रै सम्पर्क गर्न अनुरोध समेत गर्दछौ ।

२०७८ आश्विन १४, बिहीबार २२:०७ गते 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।