२०७९ आश्विन ११ मंगलवार

चन्द्र भण्डारी भन्नुहुन्छ : नेताहरुको सम्पत्ति छानबिन गर्ने हो भने ८० प्रतिशत नेता जेल जान्छन ।

काठमाडौं : आठ दशक पाका नेताहरुले पुनः नेतृत्वमा दाबी गरेपछि नेपाली काँग्रेसको युवा पंक्ति आसन्न १४औँ महाधिवेशनमा तिनै बूढा नेतालाई मा’र्गप्रशस्त गरिदिने मुडमा पुगेका छन् ।

काँग्रेसमा वैचारिक नेताको छवि बनाएका युवानेता चन्द्र भण्डारीले ‘१४ औँ महाधिवेशन संयुक्त,१५औँ महाधिवेशनमा नेतृत्व’ भन्ने नारासहित आफू अघि बढेको बताए ।
नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रति’स्पर्धा

गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन । नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन् । त्यहि कारण यसपटक नेतृ’त्वको दौडबाट युवा पुस्ता पछि हड्न बाध्य भएको भण्डारीको भनाइ छ ।

पछिल्लो समय राजनीतिमा नीति,सि’द्धान्त र विचार पातलिँदै गएकाले आसन्न महाधिवेशनपछि देशव्यापी वैचारिक अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको उनले बताए ।

जबसम्म देश बनाउने आमदृ’ष्टिकोण बन्दैन,तबसम्म परिवर्तन जनताको तहमा पुग्न नसक्ने नेता भण्डारीको नि’श्कर्ष छ । त्यसका लागि वैचा’रिक रुपले प्रतिबद्ध युवा पार्टी नेतृत्वमा पुग्नै पर्ने उनको नि’चोड छ ।

‘यहाँ सँस्कृ’तिको हत्यामा लाग्नेहरु नेता भएका छन्,धर्म बेच्नेहरु पूज्य भएका छन् । जनआस्थासँगको कुराकानीमा भण्डारीले पछिल्लो ३० वर्षमा सिमित मान्छेमात्रै धनी भएको उल्लेख गर्दै भने, ‘यदि साँच्चै २०४६ सालदेखि अहिलेसम्मका नेताहरुको सम्पत्ति छा’नबिन गर्ने हो भने ८० प्रतिशत नेता जेल जाने अवस्था छ ।’

राजनीतिमा नैतिकता रित्ति’एकोप्रति चिन्तित भण्डारीले उन्नत लोकतान्त्रिक मुलुकमा भ्रष्टा’चारको आरोप लागेपछि पद छाड्ने तर हाम्रोमा भने भ्रष्ट’हरुलाई खोजेर नेतृत्वमा पुर्याउने उल्टो चलन हाबी हुँदै गएको कुरो खोलेका छन् ।

‘यहाँ सँस्कृतिको हत्यामा लाग्नेहरु नेता भएका छन्,धर्म बेच्नेहरु पूज्य भएका छन् । यसको अन्त्य नगरी देशले विकासको पाइला चाल्न सक्दैन,’भण्डारीको निश्कर्ष हो यो ।-जनआस्था बाट

२०७८ आश्विन १५, शुक्रबार ०७:४३ गते 1 Minute 676 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।