२०७९ आश्विन १५ शनिबार

गगन थापा भन्नुहुन्छ : कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो ।

काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन अधिवेशन सुरु भएको छ। महानगरको अधिवेशन शनिबार राष्ट्रिय सभा गृहमा सुरु भएको हो।

कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेको महानगरको अधिवेशनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, काठमाडौं कांग्रेसका सभापति सबुज बाँनिया लगायतको उपस्थित रहेको छ। देशकै राजधानी रहेका कारण महानगरको अधिवेशनलाई कांग्रेस नेता कार्यकर्ताले चा’सोका साथ हेरेका छन्।

काठमाडौं महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह- गगन थापा पक्षबीच प्र’तिस्पर्धा हुने भएको छ। पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट नि’लकाजी शाक्यबीच महानगरको सभापतिमा प्र’तिस्पर्धा हुने भएको हो।

विगतदेखि काठमाडौंमा तुलनात्मक रुपमा सिंहपक्ष बलियो रहँदै आएको छ। केन्द्रीय सदस्य तथा कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानको साथ लिएर देउवा पक्षले रञ्जितलाई उठाएको छ। नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य थापाले १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जि’त्नसक्ने अवस्थामा पुर्याउनुपर्ने बताए ।‘कसैसंग मिलेर होइन एक्लै ल’डेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन ।

उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ’, थापाले भने ।स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै नेता थापाले कांग्रेसले यथास्थितिबाट मुलुकलाई नेतृत्व गर्न नसक्ने बताए । ‘अहिलेकै अवस्थाबाट हामीले देश र जनतालाई ढुक्क बनाउन सक्दैनौं । त्यसका लागि पार्टीभित्र शुद्धीकरण गर्नुपर्छ, सुधार गर्नुपर्छ’, थापाले भने ।

२०७८ आश्विन १६, शनिबार १९:४२ गते 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।