२०७९ आश्विन ११ मंगलवार

युएई सरकारको अफरै अफर, मल्टिपल भिसा देखी तलब वृद्धि सम्म !

दुबई : युएई सरकारको महत्वाकांक्षी दुबई एक्स्पो २०२० आज शुक्रवार देखि सुरु भएको छ । कोरोनाको कारण केही ढिला भए पनि युएईले आज एक्स्पोको भब्य सुभारम्भ गरेको छ ।

एक्स्पो सुभारम्भ संगै युएई सरकारले बिदेशी कामदार तथा नागरिकको लागि अफरै अफर ल्याएको छ । युरोपको दाजोमा लग्दै गरेको दुबईले कामदारको तलब वृद्धि देखि मल्टिपल भिसा सम्मको अवसर ल्याएको हो ।

यूएई सरकारले ५ वर्षे ‘मल्टिपल इन्ट्री भिसा’को आवेदन लिन सुरु गरेको छ । यूएई सरकारले सबै देशका नागरिकका लागि ५ वर्षे बहु–प्रवेश पर्यटन भिसा खुल्ला गरेको हो । पाँच वर्ष भिसा अवधि रहने र पर्यटकलाई आफ्नै प्रयोगमा धेरै पटकसम्म प्रवेश गर्न पाइने र प्रत्येक बसाइमा यूएई भित्र ९० दिनसम्म रहन सक्ने बताइएको छ ।

सो भिसालाई अर्काे ९० दिन समयअवधि थप्न सकिने बताइएको छ । यस्तो भिसाको आवेदनको लागि आवेदकले संघिय प्राधिकरणमार्फत ६ सय ५० दिराम तिर्नुपर्ने छ। यूएईस्थित पर्यटन एजेन्सीहरुले बहु–प्रवेश पर्यटन भिसाको उपलब्धताको सुनिश्चित गरेका छन् ।

इच्छुक आवेदकले परिचय तथा नागरिकताको लागि संघिय प्राधिकरणको वेभसाइटबाट आवेदन दिनसक्ने बताइएको छ । यद्यपि, ट्राभल एजेन्सीलाई कोटा प्रणाली भने लगाइएको छ।

आवेदकले आवश्यक पर्ने बैंक सम्बन्धी कागजात र अन्य कागजात स्वयम् सिधै अपलाड गर्न सक्नेछन् ।आवेदकहरुलाई भिसा प्रदान गर्ने वा नगर्ने भन्ने निणर्य आप्रवासन प्राधिकरणमा नीहित रहने बताइएको छ ।

२०७८ आश्विन १६, शनिबार २०:३७ गते 0 Minutes 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।