२०७९ आश्विन १५ शनिबार

राजु परियार भन्नुहुन्छ : म चाहेर पनि मेरो छोरीलाई लोक-दोहोरी गायिका बनाउन सक्दिँन ।

काठमाडौं : वरिष्ठ लोकदोहरी गायक राजु परियारले पछिल्लो समय लोक गीतहरुमा धेरै विकृतिहरु आएको बताएका छन् ।

न्यूज २४ टेलिभिजनको इ टक कार्यक्रममा बोल्दै उनले चाहेर पनि विकृतिकै कारण आफ्नो छोरीलाई लोकदोहोरी गायिका बनाउन नसक्ने पनि उनले बताए ।

उनले अहिलेका गीतहरु मैले गाएको गीत यो हो भनेर परीवारलाई सुनाउन नसकिने अवस्थामा पुगेको भन्ने तर्कलाई पनि स्वीकार गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘पछिल्लो समय नेपाली लोकदोहोरीमा धेरै विकृतिहरु छन्। विकृतिहरुकै कारण म मेरो छोरीलाई लोकदोहोरी गायिका बनाउन सक्दिँन।’

भिडियो!

२०७८ आश्विन १७, आईतवार २३:२८ गते 0 Minutes 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।