२०७९ आश्विन २० बिहीबार

रनवेबाट चिप्लियो श्री एयरलाइन्सको विमान, घाँसे मैदानमा पुग्यो ।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ। मंगलबार बिहान रनवेबाट चिप्लिएको जहाज घाँसमैदानतिर गएको छ ।

पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै जहाज घाँसे मैदानतिर चिप्लिएको विमानस्थल श्राेतले जानकारी दिएकाे छ। काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको हो।

करिब ८० जना यात्रु लिएर नेपालगञ्ज जान लागेको जहाज उड्नुअघि नै रनवेबाट चिप्लिएपछि सबै यात्रुलाई निकालिएको छ। अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको छ। जहाजमा कुनै क्षति भने नभएकाे जनाइएकाे छ।

थप समाचार,
इपिएल : काठमाडौं र भैरहवाबीचको खेल रद्द, ललितपुर प्रतियोगिताबाट आउट ।

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगमा काठमाडौं किंग्स र भैरहवा ग्लाडियटर्सबीचको खेल रद्द भएको छ । खेल स्थगित भएसँगै दुवै टोलीले १(१ अंक बाँडेका छन् । सोमबार भारी वर्षासँगै भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि अंक बाँडेका हुन् ।

आजको खेलमा काठमाडौंलाई जित्नै पर्ने दबाव थियो । समूह चरणको अन्तिम दिनको खेल र’द्द भएसँगै काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको छ ।

ललितपुर प्याट्रि’यट्सको भने प्लेअफ पुग्ने सम्भावना सकिएको छ । यदि आजको खेलमा काठमाडौं परा’जय भएको भए प्लेअफमा ललितपुर पुग्ने थियो । ललितपुर र काठमाडौंको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भयो ।

काठमाडौं ५ खेलमा १ मा जित र ३ मा हा’र सहित चौथो स्थानमा रह्यो । ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पाँचौं स्थानमा रह्ये ।

चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो। पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अंक सहित दोस्रो स्थानमा रह्यो । भैरहवा ५ खेलमा २ मा जित सहित ७ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

२०७८ आश्विन १९, मंगलवार १६:२२ गते 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।