२०७९ आश्विन ११ मंगलवार

ब्रेकिङ – दसैं भत्ता खोज्दै सांसद !

काठमाडौं : संघीय संसद्का सांसद दसैं भत्ता पाइनेरनपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी,

लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिनेरनदिने बुझ्न थालेका छन् । यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ ।

सत्तापक्षका केही सांसद सोमबार भत्ताबारे बुझ्न सचिवालयको लेखा शाखाका कर्मचारीलाई सोध्न गएका थिए । संसद्का कर्मचारीले भने भत्ता दिने कानुनी आधार नभएको भन्दै फर्काउने गरेका छन् ।

सरकारबाट निर्णय गराएर भए पनि दसैं खर्च लिन केही सांसद लागिपरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए । ‘अर्थ मन्त्रालयले सांसदलाई दसैं खर्च दिन बजेट पठाएको छैन ।

भत्ता दिने हो भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ भन्दा सत्तापक्षका केही सांसदले निर्णय गराएर ल्याउँछौं भन्नुभएको छ,’ सचिवालयका ती कर्मचारीले भने । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

२०७८ आश्विन १९, मंगलवार १६:४० गते 0 Minutes 449 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।