२०७९ आश्विन ११ मंगलवार

बलिउड कलाकार अनुपम भन्नुहुन्छ : पशुपतिनाथको मन्दिरमा पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु ।

काठमाडौं : बलिउडका कलाकार अनुपम खेरले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् । चलचित्र ‘उचाई’को छायांकनका लागि नेपाल आएका हुन् ।

पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गरेका छन् । उनले भिडियो पोष्ट गर्दै भनेका छन्, ‘पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु ।

बर्षौ पहिले यस्ता मन्दिरहरुको स्थापना भएको छ । यो देखेर आनन्द महशुश हुन्छ ।’ यो चलचित्रको छायांकनका लागि अनुपमको साथमा बोमन इरानी, परिणिती चोपडा

लगायतका कलाकार ४० दिनको सेड्यूल लिएर नेपाल आएका छन् । उनले सबै मानिसको स्वस्थ जीवनका लागि पशुपतिनाथमा पुजा गरेको भिडियोमा उल्लेख गरेका छन् ।

२०७८ आश्विन १९, मंगलवार २३:१० गते 0 Minutes 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।