
गुल्मी : गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको को’भिड अस्प’तालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् ।
गाउँपालिकामा स्थापना गरिएको को’भिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, द’र्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा ख’टिएका हुन् ।
मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपु’त्र हुन डाक्टर शर्मा । गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्मा’को इतिहास मै पहिलो पटक भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए ।
उहाँ को’भिड अस्पतालमा पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा आउनु भएको छ,’ विष्टले भने, ‘अहिले ३ महिने सेवा अवधीका लागि आउनु भएको हो तर उहाँलाई
को’भिडको सं’क्रमण हटेपछि गाउँपालिकाले नै दर’वन्दी खडा गरेर राख्ने छ ।’ आफ्नै गाउँको छोरा डाक्टर बनेर आएकोमा हर्ष लागेको उनले बताए । डाक्टर शर्माले चितवन मेडिकल कलेजमा दुई वर्ष अघि एमबीबीएसको अध्ययन सकेर त्यहीँ काम गर्दै आएका थिए ।
५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन ईस्मा गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ बाहेक ५ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन छन् । केही दिन अघिमात्र पूर्वमन्त्री गोकर्ण विष्टले वडा नम्बर ३ दर्लामचौर
स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहोली स्वास्थ्य चौकी भवनको उ’द्घाटन गरेका छन् । त्यसअघि दोहोली मै १५ शय्याको आधारभुत अस्पताल शिलान्यास गरेका पूर्वमन्त्री विष्टले अब सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा जानु पर्ने बिरा’मीलाई ईस्मामै उपचार सेवा दिलाउने गरी अस्पताल बनाउन लागिएको बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।