२०७९ आश्विन १२ बुधबार

कोरियामा नि’धन भएका घलेको श’व नेपाल पुग्यो !

सिओल : इपीएस रोजगार प्रणालीबाट कोरिया गएका भोजपुरको साल्पासिलिछो गाउँपालिका १ कुलुङका सुजन घलेको श’व आइतबार नेपाल पुगेको छ ।

उपचारका क्रममा नि’धन भएका २८ वर्षीय घलेको श’व काठमाडौं पु¥र्याईएको दक्षिण कोरियामा कार्यरत सिताराम गिरीले जानकारी दिए।उनका अनुसार घलेको सेप्टेम्बर १७ तारिकमा नुनसानस्थित स्थानीय अस्पतालमा निध’न भएको थियो ।

घलेलाई काम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेपछि अस्पताल भर्ना गरिएको गरिएको थियो। मु’टु र टाउ’कोमा समस्या देखिएकाले उनको उपचा’ररत हुँदै गर्दा निधन भएको गिरीले जानकारी दिए ।

तर केही वर्षदेखि गैरकानुनी बसोबास भएका कारण उप’चारमा कठिनाइ भएको थियो। थप उप’चारका लागि ठूला अस्पतालमा लैजान कानुनी जटि|लताले घलेलाई भर्ना गर्न समस्या भएको थियो ।

दक्षिण कोरियामा कार्यरत नेपाली तथा दक्षिण कोरियास्थित नेपाली दूतावासको समन्वयमा उपचारका लागि समन्वय भइरहेका बेला उनको नि’धन भएको थियो । गैर कानुनी बसोबासअन्तर्गत स्वास्थ्य बिमा नहुने भएकाले उपचार गर्न समस्या भएको दक्षिण कोरियामा कार्यरत गिरीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा उप’चार महङ्गो पर्न गइ कुल साढे तीन करोड वोन बिल उठेकोमा एक करोड छुट दिइ हाल दुई करोड ५० लाख तिर्नुपरेको छ। घले कार्यरत कम्प’नीबाट दुई करोड २५ लाख वोन प्राप्त भएपनि बाँकी रकम दक्षिण कोरियामा कार्यरत नेपालीले उठाएर उपचा’र गर्न र श’व पठाउन सहयोग गरेका छन् ।

गिरीका अनुसार २५ लाख वोन मृत’कका तर्फबाट ति’र्नुपर्ने भएकाले सहयोगका लागि दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपाली तथा विशेष गरी भोज’पुरबाट काम गर्न गएका सबै नेपालीलाई सहयोगको याचना गरिएको थियो ।

अस्पतालमा तिर्न बाँकी २५ लाख, शव गृह र हवाईजहाज खर्च गरी ९० लाख वोन रकमका लागि भोजपुर परिवार दक्षिण कोरियाले नेपालीसँग सहयोग मागेको थियो ।घलेको शव नेपाल पठाउन र अस्पतालको बिल तिर्न २ सय ७ जना नेपालीले आफ्नो गक्ष अनुसार सहयोग गरेका छन् ।

२०७८ आश्विन २१, बिहीबार २२:५० गते 1 Minute 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।