२०७९ आश्विन १२ बुधबार

खुशीको खबर ! दक्षिण कोरियामा श्रमिकहरुले अब कम्पनि परिवर्तन गरेतापनि कमिटेडको रुपमा पुनः जान पाउने !

काठमाडौ : बासुदेव भट्ट, दक्षिण कोरिया सरकारले बिदेशी श्रमिकको लागि यहिँ अक्टोबर १४ तारिखबाट लागु हुने गरी नयाँ नियम ल्याएको छ । उक्त नियम अनुसार ई-9

श्रमीकहरुले कार्यस्थल परिवर्तन गरेतापनि कम्पनी मालिकले चाहेमा पुनः प्रतिबद्ध (कमिटेड) कामदारको रुपमा कोरिया जान पाउने भएका छन् । यसभन्दा पहिला ४ बर्ष १० महिनाको कार्यकाल एउटै कम्पनीमा बिताएका कामदार पुनः

कोरिया जान पाउने नियम रहेको थियो । पहिला जति वटा कार्यस्थल परिवर्तन गरेतापनि प्रतिबद्ध कामदारको रुपमा आउन कम्तिमा पनि अन्तिमको एक बर्ष एउटै कम्पनीमा काम गरेको हुनुपर्ने छ ।यदि अन्तिमको एक बर्ष एउटै कम्पनीमा काम

गरेको नभएतापनि पहिलो कम्पनीको कारणले कार्यस्थल परिवर्तन गरेका खण्डमा भने पुनः आउन मिल्ने नियममा उल्लेख छ । कम्पनि परिवर्तन गरेपनि पुनः कोरिया प्रवेश गर्न पाउने नियम गत अप्रिलमा नै लागु भएपनि त्यतिबेला

एउटै प्रकृतिको कम्पनीमा परिवर्तन गरेका मात्र कमिटेड आउन पाउने भनिएकोमा अहिले परिमार्जन गरिएको नियममा भने फरक प्रकृतिको कम्पनी मा भिषा लगाएको कामदार समेत दक्षिण कोरियामा पुन: प्रवेश पाउने भएका छन ।

कोरियाका श्रमीक युनियनहरु एमटियु, केसिटियुले उक्त नियम लागु हुने पर्ने माग राख्दै निरन्तर सरकारलाई दवाव दिदै आएका थिए ।यो नियमले दक्षिण कोरियामा कार्यरत लाखौ ईपिएस श्रमीकहरु लाभान्वित हुने भएका छन् ।-हाम्रा खबर

२०७८ आश्विन २२, शुक्रबार ०८:५१ गते 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।