२०७९ आश्विन २० बिहीबार

अवैधानिक रुपमा कोरिया बस्ने विदेशी कामदार हरुलाई खुशीको खवर !

अवैधानिक रुपमा कोरिया बस्ने विदेशी कामदार हरुलाई खुशीको खवर !

सिओल : गुरुदत्त न्यौपाने, दक्षिण कोरियामा अवै’धानिक रुपमा बस्ने विदेशी कामदारहरु को लागी कोरियाली न्याय मन्त्रालयले खुशीको खबर सार्वजनिक गरेको छ।

न्याय मन्त्रालयका अनुसार अबैधा’निक रुपमा बसोबास गर्ने विदेशीहरुलाई यदी कोभि’ड भ्या’क्सिनको रिपोर्ट सहित स्वेच्छाले स्वदेश फर्कन चाहेमा उनिहरुलाई लाग्ने जरिवाना बाट छुट सहित विभिन्न सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ।

आगामी अक्टोबर १२ तारिखदेखी आउदो डिसेम्बर ३१ तारिख सम्मको अवधिमा खोप पुरा गरेका गैर कानुनी विदेशी कामदार हरुले स्वेच्छाले स्वदेश फर्कन चाहेमा गैर कानुनी रुपमा बसेको जरिवाना छुट सहित पुन कोरिया प्रवेश प्रतिबन्ध फुकुवा गर्ने बताईएको छ।

जो गैर कानुनी विदेशी कामदार आफु छोपिने डरले खोप लगाएका छैनन उनिहरुलाई खोप लगाउने प्रोत्साहन स्वरुप दक्षिण कोरिया सरकारले यस्ता छुट योजनाहरु लागु गरेको हो।
कोरियामा को’भिड वि’रुद्दको निशुल्क खोप दर बढाउनको लागी

सिओल सरकारले अवैधा|निक रुपमा काम गर्ने विदेशी नागरिकलाई लक्षित गरी यस्ता छुटका योजनाहरु सार्वजनिक गरेको हो। दक्षिण कोरियामा अवैधानिक बसोबास गर्ने विदेशी नागरिक हरुले हाल घर फर्कदा बसाई अवधीको आधारमा अधिकतम २५,१४० अमेरिकी डलर अर्थात ३ करोड

वोन सम्म जरिवाना तिर्नुपर्ने प्रावधान रहेको छ।साथै १ बर्ष देखी १० बर्षसम्म पुन: कोरिया प्रवेश नि’शेध गरिएको छ।
माथी उल्लेखित नियमको आधारमा आगामी मंगलबार देखी डिसेम्बर ३१ तारिखसम्मको अबधीमा कोरोना भ्या’क्सिन लगाएको सर्टिफिकेट पेश गरी स्वदेश फर्कन चाहेमा सबै जरिवाना र पुन प्रवेश प्रतिबन्ध सबै फुकुवा हुने जनाईएको छ।

मन्त्रालयका अनुसार को’भिड भ्या’क्सिन पुरा गरेको ईलेक्ट्रो”निक या पेपर सर्टि’फिकेट पेश गरेर उल्लेखित नियममा सहभागी हुन सक्ने बताईएको छ। यो बर्षको अन्त्य सम्ममा पनि कोभिड भ्याक्सिन नलगाउने अबैधानिक विदेशीहरु,अप’राधिक कृयाकलापमा सङ्लग्न भई प्रहरी हिरासतमा रहेका विदेशी नागरिक हरुलाई कोरिया सरकारले जरिवाना सहित पुन प्रवेश प्रतिबन्ध कायम राख्नेछ।

अवैधा’निक रुपमा कोरिया बसेतापनी कोरियन नागरिक सरह निशुल्क भ्या|क्सिन प्रदान गरेको कोरिया सरकारले कोरियामा लामो समय बसोबास गरेका सबै बैधानिक,अवैधानिक विदेशी नागरिकहरुलाई निशुल्क भ्या’क्सीन प्रदान गरेको छ।

डकुमेन्ट तथा विदेशी परिचयपत्र नभएका अबैधा’निक हरुलाई समेत कोरिया सरकारले उनीहरुको भिषा स्थिती नसोधी फोन नम्बर र पासपोर्टको आधारमा रास्ट्रव्यापी रुपमा स्थानिय सरकार द्वारा सन्चालन गरिएको को|भिड भ्या’क्सिन केन्द्रहरु बाट निशुल्क खोप प्रदान गरेको छ। -कोरिया पाटी

२०७८ आश्विन २२, शुक्रबार १७:४१ गते 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।