२०७९ आश्विन २० बिहीबार

दक्षिण काेरिया प्रवेश गर्ने विदेशीलाई सहज, हटायो अनिवार्य क्वारे’न्टाइन बस्नुपर्ने नियम !

सोउल : दक्षिण कोरियाले बिहिबारबाट मान्य हुने गरी विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप लगाएर कोरिया प्रवेश गर्ने बिदेशी नागरिकलाई क्वारे’न्टाइनको नियम खुकुलो बनाएको छ ।

समाचार एजेन्सी कोरिया टाईम्सका अनुसार हाललाई कोरो’ना बि’रुद्ध मान्यता प्राप्त खोप लगाएका अमेरिकी सैनिक कुटनितिक नियोगका कर्मचारी तथा उनीहरूका परिवार, व्यापार व्यवसाय, भ्रमण, अध्ययन आदि प्रयोजनका निमित्त

कोरिया प्रवेश गर्ने बिदेशी नागरिकलाई अनिवार्य १४ दिने सेल्फ-क्वा’रेन्टाईन बस्नु नपर्ने नियम ल्याएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा अनुमोदन खोप फाईजर, मोडर्ना, जोन्सन एण्ड जोन्सन एस्ट्राजेनेका (को’भिसिल्ड सहित) सिनोफार्म र सिनो’भाक छन् ।

यद्दपी चिनियाँ कम्पनीद्वारा निर्मित दुई खोपहरू सिनोफार्म र सिनोभाक यहाँको खाध्य औ’षधि सुरक्षा मन्त्रालयमा द्वा’रा अनुमोदन नगरिएको हुदाँ अझै पनि बि’वादमा रहेको पाईएको छ ।

सेल्फ-क्वारे’न्टाइन नियमको छुट डब्ल्यू’एचओ द्वारा मान्यता प्राप्त भ्या’क्सिन लगाएका हरुमा मात्र लागु हुनेछ ।साथै कोरिया प्रवेश गर्दा को’रोना भा’ईरस प्रमाणित भए अनिवार्य क्वारे’न्टाइन बस्नु पर्नेछ । त्यसैगरी उक्त छुट प्राप्त गर्न कोरिया प्रवेश गर्ने व्यक्तिले भ्या’क्सिन प्रमाणपत्र अनिवार्य रुपमा प्रमाणित गर्नुपर्ने छ ।-हाम्रा खबर

२०७८ आश्विन २३, शनिबार ०९:१४ गते 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।