२०७९ आश्विन १५ शनिबार

अमेरिका जाने तयारी गर्दै थिइन्, तर दशैंको मुखमा आमाबुबालाई भेट्न नपाई संसारबाटै बिदा भइन् ।

काठमाडौ : दिउँसो घर आएर नै कुरा गर्छु है बुबा ।’ गत बुधबार अर्थात् असोज २० गते बिहान करिब साढे ७ बजेतिर बाबु रामचन्द्रसँगको केही समय भेट्दा अनिता रेग्मीले भनेकी थिइन्। केही दिनअघि माइतीघरमा आएकी छोरीले दराजको

साँचो छोडेपछि बिहान नै साँचो पु¥र्‍याउन रामचन्द्र छोरीको घर नजिकै पुगेका थिए। २० मिनेटजति मोटरसाइकलको यात्रा गरेर बाबुले बुटवल उपमहानगरपालिका–१३ स्थित ढावहलवामा छोरी अनिताको घर नजिकै पुगेर साँचो दिए। तर, उनी छोरीको घरमा भने गएनन्।

छोरीसँग दिउँसो भेट्ने आशामा उनी त्यहीबाटै फर्किए। दिउँसो छोरीसँग भेटघाट हुनेमा विश्वस्त थिए, उनी। शुक्रबार बिहान साढे ८ बजे काठमाडौंबाट २६ वर्षीय अनिता रेग्मीको अमेरिका यात्रा हुँदै थियो। धेरैको सपनाको शहर मानिने अमेरिका जान अनिता पनि उत्सुक नै थिइन्। त्यसैले उनी बिहीबार नै बुटवल छोड्दै थिइन्। कति वर्षपछि आमाबुबासँग भेट्ने हो, टुङ्गो थिएन।

त्यसैले अन्तिम पटक आमाबुबा, दाइभाउजुलाई भेटेर बिदा माग्न माइतीघर आउने योजना सुनाएकी थिइन्, अनिताले। भेट्दा बुबासँग मात्र होइन, भिडियो च्याटमा आमा, दाइ र भाउजुसँग कुरा भइरहेको थियो। बिहान ११ बजेर ४५ मिनेटदेखि १० मिनेटसम्म अ¥र्थात् ११ बजेर ५५ मिनेटसम्म कुरा भएको बाबु रामचन्द्रले अझै सम्झिरहेका छन्।

‘एकछिनमा घरमा आउँछु है,’ भनेपछि छोरी अनिता पनि दङ्ग थिइन्। समय बित्दै भयो। माइती परिवार छोरीको प्रतिक्षामा बसिरहेको थियो। तर सोचेकोजस्तो भएन। छोरीभन्दा पहिले उनको घरबाट भाउजुको नम्बरमा १ बजेर ४७ मिनेटमा एउटा कल आयो। जुन खबरले माइती परिवारको एकाएक खुशी लु’ट्यो।

अघिसम्म फोनमा खुशी भएर बोलिरहेकी छोरीले संसार छोडेको खबर आयो। तपाईको छोरीले देहत्याग गरिन् भनेर फोन आएको थियो, एकछिन पत्याउन नै गा’ह्रो, होस’हवास नै गुम्यो,’ बाबु रामचन्द्रले भने। तीन वर्षअघि अनिताको घर नजिकै मागी विवाह भएको थियो।

डीभी परेर अमेरिका गएको केटासँग छुट्टीमा आएका बेला अनितासँग विवाह भएको थियो। अनिता पनि त्यही डीभी प्रक्रियामार्फत् शनिबार अमेरिका जान लागेकी थिइन्। तर? छोरीको मृ’त्युको खबरले रेग्मी परिवार अचा’नक शो’काकुल’ बन्न पुग्यो। हतारिँदै माइती परिवार छोरी अनिताकै घरमा पुगे।

घर पुग्दा फोनमा भनेझैं छोरी मृत अवस्थामा भेटिइन्। सासु, देवर र अर्का एक जना सदस्य घरमै हुँदा नै अनिताले दे’ह’त्याग गरेको बताइएको छ। शनिबार अमेरिका उड्न लागेकी छोरीको मृ’त्युको कारण माइती परिवारले अझै भेटाउन सकेका छैनन्।

केही समयअघि हाँसेर बोलेकी बहिनीको मृ’त्युको खबरले दाई महेश पनि अनु’त्तरित बनिरहेका छन्। घट’ना हुँदा अनिताका घरमा श्रीमान्, ससुरा र एक जना देवर थिएनन्। प्रह’रीले श’वको पो,’ष्टमा’र्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल लगेको छ।

परिवारले घट’नामा निष्पक्ष छानविन नभएसम्म श’व नबुझ्ने अडान लिएका छन्। प्रहरीमा निष्पक्ष छान’वीनको लागि उजुरीसमेत दिइएको छ। ‘हामी अनुस’न्धान गरिरहेका छौं। अहिले नै यही हो भन्ने अबस्था देखिएको छैन,’ इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदनबहादुर कुँवरले भने। डिल्ली पाण्डे/बीएल

२०७८ आश्विन २५, सोमबार ०७:४५ गते 1 Minute 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।