२०७९ आश्विन १५ शनिबार

सानैमा आमाले छोडेर गइन, बुबा र दाईलाई सवारी दुर्घ-टनामा गु’माए, आफु पनि दुर्घ-टनामा अस्ताए !

गोरखा : सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रु’क घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दु’र्घट’नामा ज्यान गु’माएका हुन् ।

उनको मंगलबार आँबुखैरेनी स्थित अ’न्तयष्टि गरिएको छ ।बच्चा देखि बुढा सम्मका ब्यक्ति माझ प्यारो नाम थियो बिनय पन्त । सानै देखि मिजासिलो सहयोगी चाडैं सबै संग घुलमिल हुने स्वभावका बिनय सबैलाई रुवाएर यस संसारबाट बिदा भए । स्थायी घर गोरखा भएका

बिनय न्युरोड काठमाडौंमा अंकलको होलसेल पसल सञ्चालन गरेर गोङ्गबु काठमाडौंमा बस्दै आएका थिए ।दशै नजिकिदै थियो साथिहरु सङ्ग घम्ने भनेर असोज २४ गते पोखरा गएका थिए पोखरामा सबै साथिहरु सङ्ग भेट गरेर घा’न्द्रुक घम्ने भनेर गाडि रिजर्भ गरेर

उतै हा’निए दशैँको बिदामा घुम्न गएका उनी सहित ८ जनाको जिवनमा हिजो २५ गते दिउँसो २ः३० बजे कालो दिन बनेर आयो । उनी सहित सवार ९ जनाको गाडि भिरबाट २०० मिटर तल खस्यो र उनी सहित ८ जनाले प्राण त्यागे । १ जना बाँच्न सफल भए ।

उनको पो,’ष्टमार्टम भएपछि मंगलबार आँबुखैरेनी स्थित दरौदीँ नदी किनारमा दा’हसं’स्कार गरिएको छ ।उनका साथी लक्ष्मण काप्रीका अनुसार बिनय एक टु’हुरो युवा थिए सानोमा आमाले छोडेर गएको र उनका दाई र बुबाको समेत पहिले नै सवारी दु’र्घट’नामा परि मृ’त्यु भएको थियो ।

सानै देखि बुबा र आमाको माया नपाएका बिनय ३ जना दाईहरुको काखमा हु’र्किएका थिए । निकै इमानदार र मिजासिलो स्वभावका केही काम गर्न पनि पछि न’हट्ने खालका थिए । बिनयको मृ’त्युको खबरले गाउँ शो’काकुल छ ।

२०७८ आश्विन २८, बिहीबार १०:१२ गते 1 Minute 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।