२०७९ आश्विन १५ शनिबार

कमल थापा भन्नुहुन्छ : ज्ञानेन्द्रको अभिव्यक्तिमा आम जनताको भावना,चाहना र देशको धरातलीय यथार्थ प्रतिविम्वित ।

काठमाडों : राप्रपाका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले अघि सारेको पछिल्लो विचारको समर्थन गरेका छन् ।
ज्ञानेन्द्रले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको

प्रजातन्त्रको नेपालमा सान्दर्भिकता नहुने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विभिन्न टिकाटिप्पणी भैरहेको छ ।
पूर्वराजा शाहको उक्त अभिव्यक्ति आएपछि अध्यक्ष थापाले

शाहको अभिव्यक्तिमा आम जनताको भावना, चाहना र देशको धरातलीय यथार्थ प्रतिबिम्वित भएको बताएका छ्न ।
थापाले सामाजिक सञ्जल ट्विटमा लेखेका छन्-

कमल थापा भन्नुहुन्छ : विषयमा कतिपयको असहमति हुनसक्छ।फरक विचारहरू विचको प्रतिस्पर्धा नै प्रजातन्त्रको सौन्दर्य हो।

राजा ज्ञानेन्द्रको अभिव्यक्तिमा आम जनताको भावना,चाहना र देशको धरातलीय यथार्थ प्रतिविम्वित भएको छ। हामीले भन्दै आएका छौं-राजसंस्था सहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ ।

२०७८ आश्विन २८, बिहीबार १३:५८ गते 1 Minute 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।