२०७९ आश्विन १२ बुधबार

दसैंको दिनु दु:खद समाचार ! नेकपाका केन्द्रीय नेता वीरजङ्गको नि’धन !

काठमाडौँ : नेकपाका पूर्वपोलिटब्युरो र वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा दुःखद् नि’धन भएको छ । विगतमा भएका ग्रामीण वर्ग सङ्घ’र्ष,

पञ्चायती निर’ङ्कुशता र दलाल संसदीय व्यवस्था विरु’द्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिब’न्धको समयमा समेत लामो समयसम्म हिरा’सत र जे’ल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँ’जेको थियो ।

दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिब’न्धको समयमा हिरा’सत भित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो । उपचारकै क्रममा भारत दिल्ली स्थित म्याक्स अस्पतालमा गएराती उनको दुःखद् नि’धन भएको हो ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ ।

नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन्। वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन्। नेता वीरजङ्गको श,व अस्पतालबाट भोलि नेपाल ल्याइने र उनको हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित घरमा

पार्टी महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू सहित पार्टीका नेता–कार्यकर्ता र जनसमुदाय बीच श्रद्धा’ञ्जली सभा आयोजना गरिने पार्टीको केन्द्रीय स्रोतले जनाएको छ ।

२०७८ आश्विन २९, शुक्रबार ११:१० गते 0 Minutes 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।