२०७९ आश्विन ११ मंगलवार

आठ भाषामा रिलिज हुने चलचित्रका लागि प्रभासले बढाए पारिश्रमिक !

काठमाडौं : दक्षिण भारतीय सुपरस्टार प्रभास अहिलेका व्यस्त अभिनेता मध्ये एक हुन् । उनी निर्देशक र निर्माताहरूको पहिलो रोजाइमा पर्छन् ।

हालै उनले ‘कबीर सिंह’ र ‘अर्जुन रेड्डी’ चलचित्र निर्देशन गरिसकेका निर्देशक सन्दीप रेड्डी वंगाको नयाँ चलचित्र खेल्ने घोषणा गरेका थिए । यसै बीच, उनले सन्दीपको चलचित्र ‘

स्पिरिट’का लागि आफ्नो पारिश्रमिक बढाएको खबर आएको छ । नवभारत टाइम्सका अनुसार उनले सो चलचित्रका लागि १५० करोड भारु मागेका छन् । खबरका अनुसार निर्माण टिम प्रभासको माग पूरा गर्न तयार पनि भइ सकेको छ ।

उक्त चलचित्रदेखि प्रभासले आफूले लिइरहेको पारिश्रमिकमा ५० करोड बढाएका हुन् । यसअघिसम्म प्रभासले एउटा चलचित्रका लागि १०० करोड भारु लिइरहेका थिए ।

सन्दीपको निर्देशनमा बन्न लागेको ‘स्पिरिट’ हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड, मन्दा रिन र कोरियन गरी ८ भाषामा रिलिज गरिने बताइएको छ । सो चलचित्रको छायांकन सन् २०२२ देखि सुरु हुनेछ ।

२०७८ आश्विन २९, शुक्रबार ११:२५ गते 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।