२०७९ आश्विन १० सोमबार

अमेरिकी राजदूतको ‘सांस्कृतिक सदभाव’, टीका र जमरा लगाएर मनाए दशैँ !

काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेपाली संस्कार अनुसार नै दशैँ मनाएका छन् । महाराजगञ्जस्थित अमेरिकी दूतावासमा उनले

मान्यजनबाट टीका र जमरा ग्रहण गरेर दशैँ मनाएका हुन् ।
राजदूत बेरीले बालबालिका तथा अन्य व्यक्तिलाई आफूले पनि पनि टीका लगाइदिएका छन् । टीका तथा जमरा लगाएर

खुसीसाथ दशैँ मनाएका तस्वीर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । दशैँ मूलत नेपाली हिन्दूहरुको चाँड भए पनि सांस्कृतिक सद्भावस्वरुप अमेरिकी राजदूतले

पनि दशैँ मनाएका हुन् । आज शुभ साइत बिहान १०:०२ बजेदेखि नेपालीहरूले मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दशैँ मनाइरहेका छन् ।

२०७८ आश्विन २९, शुक्रबार १३:४७ गते 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।