२०७९ आश्विन २० बिहीबार

ताइवान माथि अमेरिका र चीनको खत’रनाक जुवा !

एजेन्सी : ताइवानका लागि अमेरिका यु’द्धमा होमिएला? यो प्रश्न दशकौँसम्म अमू’र्त थियो। तर, अहिले यो प्रश्न अति आवश्यक बन्न पुगेको छ। चिनियाँ वायु सेनाले यही महिना

चार दिनको अवधिमा डेढ सयभन्दा बढी ल’डाकु विमान ता’इवानको हवाई प्रतिरक्षा पहिचान क्षेत्रभित्र पठायो। अहिलेसम्मकै धेरै विमान आफ्नो पहिचान क्षेत्रमा पसेपछि ताइवानी वायु सेना अत्तालिएर तिनलाई रोक्न दौ’डिनुपर्यो।

त्यही अवधिमा अमेरिका, जापान र बेलायतसहित ६ मुलुकले पश्चिमी प्रशान्त महासागरमा दशकौँयताको सबैभन्दा ठूलो सैन्य अभ्यास गरे। यस्तो सैन्य शक्ति प्रदर्शनसँगै दुवै पक्षबाट एकअर्कालाई ट’क्कर दिनेगरी बया’नबाजी पनि भयो। सप्ताहन्तमा राष्ट्रपति सी चिनफिङले एक भाषणमा ‘मातृभूमिलाई पूर्ण

रुपमा पुनर्ए’कीकरण गर्ने ऐतिहासिक कार्य निश्चय नै पुरा भइछा’ड्ने’ बाचा गरे। ताइ’वानलाई शा’न्तिपूर्ण तरिकाले नि’यन्त्रणमा लिनु आफ्नो प्राथमिकता भएको पनि उनले बताए। तर, ताइवानले आफूखुसी आत्म¥समर्पण गर्ने सम्भावना छैन।

त्यसैले सैन्य शक्ति प्रयोगको विकल्प मात्र बाँकी रहन्छ।
सीआईएले भर्खरै नयाँ चाइना मिसन सेन्टर गठनको घोषणा गरेको छ। उसले चीनलाई ‘२१ औँ शताब्दीमा हामीले सामना गर्ने सबैभन्दा महत्वपूर्ण भूरा’जनीतिक ख’तरा’ पनि भनेको छ। यसको तत्कालको सबैभन्दा महत्वपूर्ण काम भनेको ताइवा’नबारे बेइजिङको उदेश्य के छ, त्यो पत्ता लगाउनु हो।

टापुका रक्षामन्त्री चिउ कुओ चेङले गतसाता चीन २०२५ सम्ममा ताइ’वानमाथि आ’क्रमण गर्न सक्षम हुने चेतावनी दिएका छन्। अहिलेको परिस्थितिलाई उनले गत ४० वर्षकै सबैभन्दा ख’तरनाक पनि भनेका छन्।

चीन र अमेरिका दुवै मुलुकमा आम जनताको मुडले नेताहरुको निर्णयलाई प्रभा’वित तुल्याउँछ। तर, दुवै मुलुकमा जनताको धारणा झनझन् उग्र र ल’डाकु बन्दै गएको देखिन्छ। चिनियाँ जनतामा राष्ट्र’वादी भावना उचाइमा छ र उनीहरुको ध्यान अमेरिकामा के’न्द्रित देखिन्छ।

यो कुरा हालै रिलिज भएको ब्लक’बस्टर फिल्म ‘द ब्याटल एट लेक चाङजिन’मा पनि प्रतिबिम्बित भएको देखिन्छ। फिल्ममा कोरिया यु’द्धमा चीनले अमेरिकालाई हराएको कथा छ।अमेरिकामा अहिले ६७ प्रतिशत मानिस चीनप्रति नका’रात्मक धारणा राख्छन्। २०१८ मा सो अनुपात ४६ प्रतिशत मात्र थियो।

अगस्ट महिनामा गरिएको अर्को सर्वे’क्षणमा यदि चीनले ताइ’वानमा आ’क्रमण गर्यो भने अमेरिकाले आफ्नो सेना खटाएर सो टापुको रक्षा गर्नुपर्छ भन्ने अमेरिकीहरुको संख्या आधाभन्दा बढी (५२ प्रतिशत) पुगेको छ। ताइवान यु’द्धले तेस्रो विश्वयु’द्ध नि’म्त्याउने ख’तरालाई नियाल्ने हो भने यो सर्वेक्षणको नतिजा आश्चर्यजनक छ।

चीन विश्वको आर्थिक तथा सैन्य महाशक्तिका रुपमा अमेरिकालाई विस्थापित गर्न कटि’बद्ध छ भन्नेमा राष्ट्रपति जो बाइडेनको टिम विश्वस्त छ। चीनलाई रोक्न उनीहरु पनि कटि’बद्ध छन्। उनीहरुलाई थाहा छ– दुई मुलुकबीचको संघर्ष मुख्यगरी व्यापार र प्रविधिमा केन्द्रित हुनेछ। तर, उनीहरुलाई के पनि थाहा छ भने ताइवानमा चीनको आ’क्रमण सफल भयो भने त्यसले इन्डो–प्यासि’फिक क्षेत्रमा अमेरिकी प्रभुत्व अन्त्य भएको संकेत गर्नेछ।

त्यसलाई रोक्न अमेरिका यु’द्धमा जाला त? यसको छोटो उत्तर हो– वास्तवमा कसैलाई थाहा छैन। ताइवान यु’द्धको विषयमा विस्तृत योजना तयार पार्ने जिम्मेवारी बोकेका वासि’ङ्टन र बेइजिङका सैन्य योजनाकारलाई पनि यसको जवाफ थाहा छैन। सम्भवतः अमेरिकाका ‘कमा’न्डर इन चिफ’ जो बाइडेनलाई नै थाहा नहोला। धेरै कुरा त आक्र’मणको प्रकृति र त्यो समयको घरेलु तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिमा भर पर्नेछ।

यु’द्ध र शान्तिका विषयमा विश्व हल्लाउने निर्णयहरु प्रायः तीव्र गतिमा बदलिँदो परिस्थितिको माझमा अचम्मैलाग्दो गरी आक’स्मिक र अव्यवस्थित तरिकाले लिने गरिन्छ। यो कुरा १९६२ को क्युबा क्षेप्या’स्त्र सं’कट र १९१४ को युरोपको जुलाई संकटले पनि देखाइसकेको छ।

ताइवा’नको बारेमा अनिश्चितताको स्थिति कायम राख्नु वास्तवमा अमेरिकाको नीति नै हो। जसलाई ‘रणनीतिक अस्पष्टता’ भन्ने गरिएको छ। यो रणनीतिको उदेश्य हो अमेरिका ताइ”वानको रक्षामा उत्रिन सक्छ भन्ने देखाएर ता’इवानमाथि आक्र’मण गर्नबाट चीनलाई रोक्नु। तर, अमेरिकाले स्पष्ट रुपमा ताइवानको सुरक्षाको ग्या’रेन्टी भने लिँदैन। यस्तो नीति स्वयंले नै सैन्य शक्ति प्रदर्शनलाई जन्म दिन्छ।

रणनीतिक अस्पष्टताले दुई पुस्तासम्म ताइवानमा यथास्थिति कायम राख्न अमेरिकालाई सघायो। तर, बेइजिङको हिसाबकिताब बद’लिँदैछ भन्ने चिन्ता अहिले वासि”ङ्टनमा देखिन्छ। अमेरिका पतनको अन्तिम विन्दुमा पुगिसक्यो भन्नेमा चिनियाँ नेतृत्व ढुक्क भइसकेको बुझाइ अमेरिकाका उच्च अधिकारीहरुको छ। अफगानिस्तानबाट भ’द्रगोल ढंगले अमेरिकी सेना फिर्ता भएको दृश्यलाई पतनको पछिल्लो प्रमाण मानिएको छ।- फाइनान्सियल टाइम्सबाट

२०७८ आश्विन २९, शुक्रबार २३:१० गते 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।