
मकवानपुर : हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर नि’लम्बनमा परेका छन् । ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएका र बिरा’मीलाई औषधी खरिद गर्न
निजी मेडिकल तोकेर पठाउने दुई जना विशेषज्ञ डा’क्टर निलम्बनमा परेका हुन् । अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौ’न रोग विशेषज्ञ डाक्टर बु’द्धीराज पाण्डेलाई सेवाबाट हटाइएको हो ।
पटक-पटक सचेत गराउँदा पनि अटेर गरेपछि बाध्य भएर सेवाबाट हटाइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले काममा सुधार गर्न दिएको चेताव’नी दुवै जना डाक्टरले बेवास्ता गर्दै आएपछि का’रबाही गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जान’कारी दिनुभयो ।यो पनि,
रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढ्यो !
रसुवा – रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेको छ । गएको जेठ २२ गतेदेखि दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउने गरेकामा अहिले गाडीको सङ्ख्या थप भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अहिले दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । सात वटा चिनियाँ गाडीले आयात गरेका सामग्री नेपाली १५ वटा मालवाहक कन्टे’नरमा लोड गर्न सकिने कार्यालयले जनाएको छ ।
सीमा जोडिएको क्षेत्रमा कोरोनाको सङ्क्रमण नरहेकाले भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाइएको चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ । अहिले चीनबाट रेडिमेड सामग्री, जुत्ताचप्पल, मेसिन, फर्निचरलगायतका सामग्री आइरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।
रसुवा भन्सार कार्यालयले दोस्रो चौमासिकसम्ममा लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । साउनदेखि फागुन मसान्तसम्ममा ७ अर्ब ४८ करोड ५५ लाख २३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।
जसमा २ अर्ब ९ करोड ६५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १८.५ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।