२०७९ आश्विन १२ बुधबार

साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत खेल्दै !

काठमाडाैं : तेह्रौं संस्करणको साफ च्याम्पि’यनसिप उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ।

भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उ’पाधि भि’डन्त तय गरेको हो।
भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटु’लेको छ।

नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ। नेपाली टोलीको मुख्य खेलाडीको रुपमा अघि बढेका अन्जन विष्ट भने आजको खेल खेल्न नपाउने भएका छन्। भारत र बंगलादेशवि’रुद्धको खेलमा १-१ गरी दुईवटा पहेंलो कार्ड पाएपछि अन्जनले आजको खेल गुमाउन लागेका हुन्।

जारी प्रतियोगितामा दुई गोल गरिसकेका अन्जनको अनु’पस्थितिले आजको फाइनल खेलमा नेपाललाई घा’टा हुन सक्ने अनुमान गरिएको छ। भारतका फरवर्ड फारुख चौधरी चो’टका कारण र

प्रशिक्षक स्टि’माच र अन्य खेलाडी पनि रातो कार्डका
कारण मैदान बाहिरै रहनेछन्। खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरण चेम्जोङले आजको जीतका लागि पुरानो घा’उ बिर्संदै आक्र’मक रुपमा खेल्दै इतिहास रच्ने बताएका छन्।

२०७८ आश्विन ३०, शनिबार १०:५८ गते 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।