२०७९ आश्विन १२ बुधबार

गोल्डेन बुटका लागि सुनिल क्षेत्री मुख्य दावेदार !

काठमाण्डौं : भारतीय कप्तान सुनिल क्षेत्री साफ च्याम्पिनयनसिपको गोल्डेन बुट जित्ने मुख्य दावेदार बनेका छन् । बुधबार राति माल्दिभ्स्बि,रुद्ध दुई गोल गरेका भारतीय

फुटबल टोलिका कप्तान साफ च्याम्पियनसिपसको यस संस्करणमा सबैभनदा बढी गोल गर्ने खेलाडी बनेका हुन् ।
माल्दिभ्सबिरु,द्ध दुई गोल गरेसँगै सुनिलको यस च्याम्पियनसिपमा कुल चार गोल भएको छ ।

च्याम्पियनसिपको सर्वाधिक गोलकर्तार्ला गोल्डेन बुट अवार्ड दिईन्छ । सुनिलको जारी साफमा चार खेलमा चार गोल छ भने उनलाई दोश्रो स्थानमा पछ्याईरहेका माल्दिभ्सका अलि अस्फाको चार खृलमा तीन गोल छ ।

माल्दिभ्स लिग चरणबाटै बाहरिएपछि अस्फाकको गोल्डेन बुट अवार्ड पाउने दौड सक्किएको छ ।तेश्रो स्थानमा नेपालका अञ्जन विष्ट छन् । सर्वाधिक गोल गर्ने खेलाडीको सूचमा अञ्जन विष्ट रहेपनि उनी दोहोरो पहेलो कार्डके कारण भारतबि,रुद्धको फाईनल खेलमा उपलब्ध हुनेछैनन् ।

यस्तै चौथो स्थानमा एक गोल गरेका नेपालकै मनिष डाँगी छन् । असोज ३० गते शनिबार हुने फाईनलमा नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबिचको खेल नेपाली समायनुसार राति ८:४५ बजेबाट शुरु हुनेछ ।

२०७८ आश्विन ३०, शनिबार १४:५२ गते 0 Minutes 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।