२०७९ आश्विन १५ शनिबार

कोरिया जाने नेपाली श्रमिकले यी प्रक्रिया पूरा गरेर मात्रै १५०० डलर साट्न पाउनेछन् !

कोरिया जाने नेपाली श्रमिकले यी प्रक्रिया पूरा गरेर मात्रै १५०० डलर साट्न पाउनेछन् ।

काठमाडौ : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई एक हजार ५०० डलरसम्म सटही सुविधा दिएको छ ।

राष्ट्र बैंकले दक्षिण कोरिया जाने कामदारले क्वारेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा एक हजार ५०० डलरसम्म सटही सुविधा पाउने बताएको हो ।

तर, यो सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउने केन्द्रीय बैंकले निर्देशन दिएको छ । यसबाहेक, अन्य देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई भने राहदानी बापत २०० डलरभन्दा बढी सटही नदिन बैंकले निर्देशन दिएको छ ।

थप समाचार,
अब कुवेत सिधा उडान: तर यस्तो नियम पालना गर्नु पर्ने !

कुवेत सिटी : कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ। उसले नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति दिएको छ ।

बुधबार कुुवेतको मन्त्रिपरिषद्ले नेपासहित भारत, इजिप्ट पाकिस्तान, बंगलादेश, र श्रीलंकासँगका व्यवसायिक उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

नेपाल र कुवेतबीच विगत लामो सममदेखि उडान रोकिएको थियो । उसले नेपाललाई कोभिडको संक्रमणको ‘हाइ रिक्स’ मुलुकको सूचीमा समावेश गरेको थियो।

कुवेतले गत १ अगष्टदेखि विमानस्थल सूचारु गर्दै व्यवसायिक उडानको लागि अनुमति दिएको थियो । त्यत्तिबेला नेपालसहित ५ देशहरुबाट हुने उडान भने १० अगष्टसम्म रद्द गरिएको थियो।

१० अगष्टपछि प्रतिबन्ध फुकुवा हुने अपेक्षा थियो । तर, फेरि उसले निर्णय बदल्दै निश्चितकालको लागि प्रतिबन्ध लगाएको थियो। उडान प्रतिबन्धका कारण घरविदामा गएका थुप्रै श्रमिक नेपालमै अड्किएका थिए । यसबाहेक कुवेतबाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली पनि प्रभावित भएका थिए।

सिधा उडान सूचारु भएपछि यसले नेपाली श्रमिकलाई ठूलो राहत मिलेको छ।नयाँ निर्णय अनुसार यी देशहरुसँगका उडानहरु कुवेतको मन्त्रीस्तरीय कोरोना भाइरस आपतकालीन समितिद्वारा निर्दिष्ट गरिएका मापदण्डको आधारमा सञ्चालन हुनेछन्।

नागरिक उड्डयन महानिर्देशनालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको कोटाको आधारमा सञ्चालन हुने २९ वटा एयरलाइन्सको लागि कोटा निर्धारण गरेको छ ।

जसअनुसार, सञ्चालन क्षमता बढाएर प्रतिदिन ७ हजार ५ सय यात्रुसम्म पुर्याउने बताइएको छ। निर्देशनालयका अनुसार कुनै गन्तव्यका लागि कोटा बढाइएको छ भने बाँकी गन्तव्यको लागि कोटा यथावत् राखिएको छ। प्रवास खबर

२०७८ आश्विन ३१, आईतवार ११:५९ गते 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।