२०७९ आश्विन १२ बुधबार

इपिएस कोरिया शाखाको पहिलो चरणकाे उडान कात्तिक १० गते सँग सम्बन्धित सुचना सहित !

काठमाडौ : लामो समय देखि अबरुद्ध दक्षिण काेरिया नेपाली श्रमिक लैजाने प्रक्रिया आउदो कात्तिक १० गते बाट सुरु हुदै छ ।पहिलो चरणमा ५० जना कमिटेड कामदार काेरिया उड्दै छन् ।यसै प्रक्रिया सँग सम्बन्धित हुदै इपिएस शाखा ललितपुरले एक सुचना जारि गरेको छ ।

तदनुसार २७ अक्टोबर २०२१ कात्तिक १० गते काेरिया जाने कमिटेडहरुकाे नामावली सहित आवश्यक प्रक्रियाकाे र जानकारी बारेमा एक सुचना प्रकाशित भएको छ ।इपिएस शाखा ललितपुरले आवश्यक प्रक्रिया र भइरहेको अवस्थाकाे बारेमा सुचनामा उल्लेख गरेको हाे ।विस्तृत सुचना तल छ ।-हाम्रा खबर


थप समाचार,
नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्यो !

काठमाडौं : नेप्से परिसूचक आइतबार दोहोरो अंकले उकालो लागेको छ । शेयर कारोबार मापन परिसूचक नेप्से १७.५९ अंकले बढेर २६ सय ५६.९६ अंकमा पुगेको हो।

आज ठूला कम्पनीको शेयर कारोबार मापन इन्डेक्स ३.१७ अंकले बढेर ४९७.३९ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ समूहमध्ये सामूहिक लगानी कोषको परिसूचक ०.१८ अंकले ओरालो लागेको छ।

आज सबैभन्दा बढी होटल तथा पर्यटनको परिसूचक ३.५१ प्रतिशतले वृद्धि भएको छ। यस्तै अन्यको २.०६, विकास बैंकको १.३७, व्यापारको १.३९, निर्जीव विमाको १.०३ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ।

आज २१८ कम्पनीको ४७ लाख ६० हजार २९५ कित्ता शेयर १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा कारोबार भएको छ।

आज नबिल बैंकको ८ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमालयन डिष्टिलरीको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसैगरी, चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ६.९७ प्रतिशत वृद्धि भएको छ।हिमालयन उर्जाको ५.०६ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ४.८६ र कामना सेवा विकास बैंकको ४.२६ प्रतिशतले शेयर मूल्य बढेको छ। सिटीजन म्यु्चुअल फन्डको परिसूचक ५.६६ प्रतिशतले ओरालो लागेको छ।

२०७८ आश्विन ३१, आईतवार १८:४१ गते 1 Minute 403 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।