२०७९ आश्विन ११ मंगलवार

आईजीपीको एक्सन – खसी घुस लिएको पुष्टि भएपछि इन्स्पेक्टर शंकर खड्का कार’वाहीमा !

काठमाडौं : दसैंको समयमा खसी र घुस रकम लिएको पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्चा’र्ज इन्स्पे’क्टर शंकर खड्का कार’वाहीमा परेका छन्।

खड्काले आचरणबिपरीत क्रियाकलाप गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा गुनासो पुगेपछि आइजीपी शैलेश थापा क्षेत्रीले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई छा’नविन गर्न निर्देशन दिएका थिए। छान’विनका क्रममा खड्काले खसी घुस

लिएकोलगायतका आचरण बिपरितका काम गरेको पुष्टि भएपछि उनी कारवाहीस्वरुप महाशाखामा तानिएका हुन। खड्का महाशाखामा तानिएपछि ट्राफिक प्रहरी प्रभाग कलंकीको नयाँ इन्चा’र्जमा इन्स्पे’क्टर सरोज ठकु’राठीलाई पठाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सन्जिब शर्मा दास वताए।

खड्कामाथि दशैं शुरु भएपछि कलंकी यातायात ब्यवसायी संघ र त्यस क्षेत्रका पेट्रोल पम्पका संचालकसँग पैसा र खसी मागेको प्रकरणमा महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले आन्तरिक रुपमा अनु’सन्धान थालेका थिए।

महाशाखाका हाकिम र प्रहरी प्रधान कार्यालयका हाकिमहरुलाई पनि बुझाउनुपर्छ भनेर उनले खसी र पैसा मागेको सूचना आइजीपी क्षेत्रीसमक्ष पुगेपछि अनुसन्धानमा तानिएका थिए। प्रहरी स्रोतका अनुसार आन्तरिक अनुस’न्धानका क्रममा क्रममा उनले गल’त काम गरेको पु’ष्टि भएको छ।

कलंकीदेखि नागढ्रुंगासम्मका बालुवा डि’पोहरुसँग मासिक घु’स संकलन गर्दैआएको आ’रोप इन्स्पे’क्टर खड्कामाथि छ । त्यस्तै नैका’प र आसपासका क्षेत्रमा मापसे चेकिङका नाममा घुस असुलेर दुस्ख दिने गरेको भन्दै गु’नासो आएपछि उनीमाथि अर्को छान’विन भइरहेको छ।

प्रहरी स्रोतका अनुसार छानबिनका क्रममा कलंकी यातायात ब्यवसायी संघबाट खड्काले खसी र घुस लगेको पुष्टि भएको छ ।खड्कालाई कार’बाहीस्वरुप निल’म्बनको तयारी भएपछि जोगिनका लागि उनले बालुवाटार र माओवादीका नेतामार्फत सोर्स’फोर्स लगाएका थिए ।

यसअघि केपी ओली सरकारका पालामा एमाले निकट अनेरास्ववियुका तत्कालीन संयोजक ऐन महर’मार्फत् बलम्बुको इन्चा’र्ज भएका थिए ।बलम्बुमा हुँदा पनि उनी धेरै विवादमा परेका थिए ।

तत्कालिन आईजीपी सर्वेन्द्र खनालमाथि द’बाब दिन लगाएर इन्स्पेक्टर खड्का बलम्बु जान सफल भएका थिए ।
अहिले सम्म रोल्पाको एउटा इप्रका, बलम्बु र कलंकी ट्राफिक समेत तीन वटा इन्चा’र्ज भइसकेका इन्स्पेक्टर खड्का अति वि’वादित प्रहरीका रुपमा चिनिन्छन्। उनी जहाँ बस्दा पनि घुस असु’लीमा वि’वादमा पर्दैआएका छन् ।

२०७८ आश्विन ३१, आईतवार २२:५९ गते 1 Minute 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।