२०७९ आश्विन १० सोमबार

कोच अलमुताइरीको भन्छन् : नेपाली टोलीको खुलेर स्वागत र सम्मान गरिदिनुहोस ।

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली फुटबल टोलीको खुलेर स्वागत र सम्मान गर्न आग्रह गरेका छन् ।

नेपाली टोलीलाई सम्मान र प्रोत्साहनको आवश्यकता रहेको भन्दै प्रशिक्षक अलमुताइरीले सकेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा नै गएर सम्मान गरिदिन हुन पनि आग्रह गरेका छन् ।नेपाली खेलाडीहरुको यही प्रदर्शन निरन्तर राख्न पनि उनीहरुलाई

सम्मान र प्रोत्साहन आवश्यक रहेको अलमुताइरीको ठहर छ । साफपछि नेपाल नफर्कने घोषणा गरेर सबै फुटबलप्रेमीलाई हतास बनाएका मुख्य प्रशिक्षक अलमुताइरीले नेपाल अब आफ्नो मुटुमा रहेको भन्दै केही समयको आरामपछि नेपालबारे निर्णय गर्ने बताएका छन् ।

भारतसंग फाइनल खेल ३–० ले गुमाएको नेपाली फुटबल टोली भोलि सोमबार विहान ९ बजे काठमाडौं उत्रदैछ । यसका लागि नेपाली टोलीले आज माल्द्धिभ्स छोडिसकेको छ । कतारको दोहा हुँदै घर फर्कन लागेको नेपाली टोलीलाई कतारमा छाडेर मुख्य प्रशिक्षक अलमुताइरी भने उतैबाट आफ्नो देश कुवेत लाग्नेछन् ।

साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो । नेपालले यसअघि पाँचपटकसम्म सेमिफा’इनलमा प्रवेश पाएको थियो ।

नेपालले यसपटकको साफ च्याम्पियनसिपमा शानदार सुरुवात गर्दै उपाधिमाथि दावी पेश गरेको थियो । यस्को उल्टो भारतको सुरुवात भने कमजोर रहेको थियो । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली माल्द्धिभ्सलाई १–० गोलले परा’जित गरेको थियो ।

यस्तै दोस्रो खेलमा श्रीलंकाको चुनौ’तीलाई ३–२ गोलले पन्छाएको थियो । तेस्रो खेलमा भने भारतसँग १–० ले पराजित भएको नेपाली टोलीले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरी रोक्दै पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

भातरसंग जहिले पनि परा’जित मानसिकताले खेल्ने कम’जोरीलाई ‘ यसपटक नेपालले माल्द्धिभ्समा पराजय स्वीकार्नु परेको थियो । दोस्रो हाफको सुरुमा नै सम्हालिन नसक्दा खाएको गोलको कारण पराजय भोग्न पुगेको नेपाली टोलीले भारतविरु’द्ध अब खेल्ने शैली र मानसिकता नै परिवर्तन गर्नु पर्ने आवाजहरु फुटबलप्रेमीहरुबाट उठेका छन् ।

२०७८ कार्तिक १, सोमबार ०५:३६ गते 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।