२०७९ आश्विन ११ मंगलवार

पुराना पत्रकार द्वारिका नेपालको ग्राण्डी अस्पतालमा उपचारको क्रममा नि’धन !

चितवन : चितवनका पुराना पत्रकार द्वारिका नेपालको नि’धन भएको छ । उनको आइतबार विहान काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा उपचारको क्रममा उनको नि’धन भएको हो ।

नेपाल चितवनस्थित कालिका एफएमको बरिष्ठ समाचारबाचक थिए । असोज २५ गते दसैं मनाउन रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान ९ः३० बजे अचा’नक बे’होस भएका थिए ।

तत्कालै उपचारका लागि एम्बुले’न्सबाट चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो । चितवनमा उ’पचार सम्भव नभएपछि हेलि’कप्टर मार्फत असोज २६ गते काठमाडौ लगिएको थियो ।उनको मष्तिष्कघा’त भएर नि’धन भएको हो ।

नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य समेत हुन् ।
सन्चारकर्म, साहित्य तथा शिक्षण पेशमा सक्रिय थिए । साथै उनी नेपाल गजल मञ्च चितवनका अध्यक्ष थिए । पत्रकार द्धा’रिका नेपालको नि’धनप्रति नेपाल प्रेस युनि’यन चितवन शाखाले दुःख व्यक्त गरेको छ ।

युनियनका सचिव प्रस्ताव सुवेदीद्धारा जारी समवेदना वक्तव्यमा पत्रकार नेपालको निधनप्रति श्र’द्धाञ्ज¥ली व्यक्त गर्दै परिवारजनमा स’मवेदना प्रकट गरेको छ । नेपालको नि’धनले चितवनको पत्रकारिता क्षेत्रले एक कुशल पत्रकार समेत गु’माएको युनियनको वक्तव्यमा उल्लेख छ ।

२०७८ कार्तिक १, सोमबार १०:५० गते 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।