२०७९ आश्विन १२ बुधबार

पारसकी छोरी पूर्णिका २० बर्षमा नै ३ बालबालिकाको अभिभावक !

काठमाडौ : जतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ ।पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह ।

पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

उनी अहिले २० बर्षकी भएकी छिन् । सानै उमेरमा उनले समाजसेवातर्फ आफूलाई केन्द्रीत गरेकी छिन् ।उनले ३ जना बालबालिकाको अभिभावकत्व लिएको जानकारी गराएकी छिन् । उनले ती ३ जना बालबालिकालाई विद्यालय शिक्षासम्मको शैक्षिक खर्च ब्यहोर्ने जिम्मा लिएकी छन् ।

सर्लाहीमा रहेको सामाजिक संस्था होस्टे हैसेलाई आर्थिक सहयोग दिएर उनले तीन बालबालिकालाई विद्यालय शिक्षासम्म नै सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

उनले भिडियो सार्वजनिक गर्दै शिक्षाको क्षेत्रमा अत्यन्तै पछाडी रहेको सर्लाहीमा विद्यालय जान नपाएका बालबालिकाको शैक्षिक खर्च सहयोग गरेर साथ दिन विश्वभरीका मानिसहरुलाई अपिल समेत गरेकी छिन् ।उनले युवा अवस्थामा नै यो सेवाको काम गर्न पाउँदा खुशी लागेको बताएकी छिन् ।

होस्ट हैसे नामको सामाजिक संस्था सन् १९९० मा दर्ता भएको हो । यसको संस्थापक अध्यक्ष सुलोचना श्रेष्ठ शाह हुन् । होस्ट हेसेको प्रयास प्रशंसा योग्य छ । स्वास्थ्य बीमा, भविष्य कोष सुविधाहरू, निशुल्क शिक्षा, मातृत्व बिदा सहितको अत्यन्तै लोकप्रिय कार्यक्रम यसले सञ्चालन गरिरहेको छ ।

२०७८ कार्तिक १, सोमबार २१:०५ गते 0 Minutes 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।