२०७९ जेष्ठ ४ बुधबार

प्रचण्डलाई ओलीको गरे फोन – मेरो कुरा मान्नुपर्छ भन्ने छैन, तर एक पटक भेटौँन ।

कठमाडौं : प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफान गर्नुभएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार अध्यक्ष ‘प्रचण्ड’लाई सोमबार बिहान प्रधानमन्त्री ओलीले भेट्ने प्रस्तावसहित टेलिफोन गर्नुभएको हो । अध्यक्ष प्रचण्डले बैठक चलिरहेको बेला फोेन आएकाले आफू बैठका रहेकाे बताएको ती नेताले बताएका छन् ।

ती नेताका अनुसार ओलीले सोमबार बेलुका केही कुराकानी गर्नुछ भन्दै टेलिफोन गर्नुभएको थियो । तर अध्यक्ष प्रचण्डले भने पार्टी नै फरक भइसकेकाले के कुरा गर्नुछ र ?

भनेर भन्नुभएकाे ती नेताले बताएका छन् । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले, तपाईँको कुरा तपाइँसँगै छ । मेरो कुरा मैसँग छ, मेरो कुरा तपाईँले मान्नु पर्छ भन्ने त छैन । तर पनि मतपाईँसँग भेट्न चाहन्छु भन्नुभएको ती नेताले बताए ।

पार्टी एकतालाई सर्वोच्च अदालतले ब’दर गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ आफ्नै अस्थित्वमा आएका छन् । त्यस यता ओली र प्रचण्डबीच कुराकानी हुनसकेको थिएन ।

२०७७ चैत्र २, सोमबार २२:३४ गते 1 Minute 853 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।