२०७९ आश्विन १५ शनिबार

२०२२ सम्ममा १ जना पनि ईलिगल नराख्ने कतार सरकारको तयारी, आममाफी देखि डिपोर्टसम्म !

२०२२ सम्ममा १ जना पनि ईलिगल नराख्ने कतार सरकारको तयारी, आममाफी देखि डिपोर्टसम्म ।

काठमाडौं : कतार सरकारले गै’रकानुनी हैसिय’तमा रहेका नेपालीसहित अवै’धानिक है’सियतमा रहेका विदेशी कामदारलाई कै’द र ज”रिवाना नलिई आममाफी दिने भएको छ ।

कतारले आफ्नो देशमा इलि’गल बसोबासलाई रोक्न कानुनी हैसियतमा बस्न दिने योजना अनुरुप यो कार्य अगाडी बढाएको हो । तीन किसिममा गै’रकानुनी है’सियत भएकालाई माफिको मौका दिने र कानुनी प्रक्रियामा लैजाने भएको र अन्यको

हकमा कतारले २०२२ सम्ममा कारबा’ही गर्ने जनाएको छ ।
कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको

नियम पालना नगरेका कारणले गैरकानुनी हैसि’यतमा पुगेका
कामदारलाई सरकारले कैद र जरिवाना बिना नै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कतारले २०१५ को कानून नं २१ को प्रा’वधान अनुसार आप्रवासीको निवास प्रवेश र गमनको नियम अन्तर्गत आममाफीको प्रक्रिया शुरु गरिएको बताएको छ ।

आममाफीका लागि सरकारले आगामी अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ ।
आममाफीका लागि अवै’धानिक हैसि’यतमा रहेका विदेशी

कामदारले कतार सर्च एण्ड फलो अप डि’पार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, अल बक्रा र अल रयान सर्भिस सेन्टरमा र उम सुनैम, मेसाइ’मिरमा नाम दर्ता गराउनु पर्ने बताएको छ ।

२०७८ कार्तिक २, मंगलवार ०७:५८ गते 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।