२०७९ आश्विन १२ बुधबार

साउदीमा हुने र जान चाहनेहरुलाई खुशीको खबर ! को’रोना अघिको लयमा फर्कदै ।

काठमाडौँ : नेपालीहरूको मुख्य श्रम गन्तव्य मध्ये एक साउदी अरब बिस्तारै को’रोना अघिकै लयमा फर्कदैछ ।
साउदीको नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि सबै

विमानस्थलहरू पूर्ण क्षमतामा उडान सञ्चालन गरेको छ । साउदीले विमानस्थलहरुमा प्रवेश गर्ने यात्रुहरूको को’रोना बि’रुद्धको खोप लगाए/नलगाएको रेकर्ड एपमार्फत चेक गर्छ ।

साथै पूर्ण खोप लगाएकाहरूले बाहिर निस्कदा मास्क
लगाउने र सामाजिक दूरी पालना गर्ने सम्बन्धि नियम समेत अनिवार्य छैन । त्यस्तै पूर्ण खोप लगाएकाहरुले विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनमा शारीरिक दूरी समेत

कायम नराखी नि’र्वाधन आउ/जाउ गर्न सक्नेछन् । भित्र काम गर्दा भने सामाजिक दुरी र माक्स लगाउनुपर्ने नियम पालना गर्नुपर्नेछ । साउदिले पछिल्लो पटक कोरोना संक्र’मण

अवधिमा यात्रा गर्न नपाएर र’द्द भएका उडान र रद्द भएका टिकटहरूका लागि यात्रुले चाहे बमोजिम कुनै अतिरिक्त शुल्क नलिई समय परिवर्तन गर्न सक्ने जनाएको छ । साउदीले को’रोना भा’इरसको फै’लावट रोक्न गत वर्ष २७ फेब्रुअरी २०२० देखि तीर्थयात्रीहरूमा अस्थायी प्रति’बन्ध लगाएको थियो ।

२०७८ कार्तिक २, मंगलवार ०८:०८ गते 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।