२०७९ आश्विन २० बिहीबार

मलेसियामा बेपत्ता देब कुमार खड्का सकुशल अवस्थामै भेटीए ।

क्वालालम्पुर : मलेसिया वैदेशिक रोजगारीको निम्ति मलेसियामै कार्यरत रहदा बिगत कैयौं बर्षदेखि आफ्नो परिवार, आफन्त’हरुसंग सम्पर्क बिहिन अवस्थामा रहेका देब कुमार खड्का अन्ततः सम्पर्कमा आएको,भेटिएको छ।

मलाया खबरले उनको परिवारको अनुरोध,आग्रहमा नेपाल ठेगाना साबिक देउमाई नगरपालिका वडा नम्बर-५ ईलामका देब कुमार खड्का बिगत १२ बर्षदेखि मलेशियामै हराएको , बेपत्ता भएको समाचार मलाया खबर ड्टकममा नेपाली श्रमिक देब

कुमार खड्का १२ बर्षदेखी मलेसियामै बे’पत्ता,खोजी गरिदिनुहुन परिवारद्वारा अपिल। भन्ने शीर्षकमा समाचार प्रका’शित गरेका थियौं। तस्बिरमा आफ्नो बहिनी लगायतको पारिवारिक आफन्तसंग भिडियो कलमार्फत कुराकानी गर्दै देब कुमार खड्का।

सो समाचार पढेर देव कुमार खड्का नजिकै बस्ने प्रमोद नामको एक नेपालीलेनै उनलाई समाचार बारे जानकारी गराएर परिवार र मलाया खबरको सम्पर्कमा ल्याएको हो।
देब कुमारले हाम्रो सम्पर्कमा आएर आत्माअलोचना गर्दै

भन्नुभयो , ” परिवारसंग सम्पर्क बिहिन भएकोमा माफी चाहन्छु, मेरो मोबाईल हराएर सबै नम्बर हरु समेत उडेर आफू प्राबिधिक त्रु’टिलेनै परिवार र आफन्त हरु संग सम्पर्क बिहिन बन्न पुगेको बताउदै , आगामी दिनमा आफू ले यस्तो गल्ति नदोहोर्‍याउने भन्नुभयो ।”

जानकारी अनुसार देब कुमार अहिले मलेसियाको पेनाङ भन्ने ठाउँमा अवैधानिक हैसियतमा एक कम्पनीसंग आवद्ध रहि काम गर्दै आईरहनु भएको छ। उहाँले बताए अनुसार अब चाडैंनै आफू ले नयाँ पासपोर्ट बनाएर मलेसिया सरकारले दिइएको वैधानिक बन्ने अवसरलाई सदुपयोग गरेर वैधानिक बनेर काम

गर्ने र चाडैं नेपाल फर्किने र आफ्नो परिवारसंग भेटघाट गर्ने बताउनुभयो। उता नेपालबाट देब कुमारको आफन्तले देबकुमारको खोजी गरि सहयोग गरिदिनुभएकोमा खुशी व्यक्त गर्दै मलाया खबर ड्टकम मिडिया प्रतिनिधि आरएन चौधरी थारु , अर्जुन लिम्बु (दिप) , प्रमोद लगायत सम्पुर्ण सहयोगीहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। -मलायाखबर

२०७८ कार्तिक २, मंगलवार २३:३४ गते 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।