२०७९ आश्विन १५ शनिबार

कोरिया रोजगार – यस्तो अवस्थामा ईलिगल रहेकाहरू पनि सहजै स्वदेश फर्किन पाउने !

सोउल : दक्षिण कोरियामा पूर्ण रुपमा खोप लगाएका तर अ’वैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकले स्वेच्छाले स्वदेश फर्किन चाहेमा ज’रिवानाबाट छुट पाउने भएका छन् ।

गत अक्टोवर १२ तारिख देखि नै यो व्यवस्था कोरियाको न्याय मन्त्रालयले लागु गरिरहेको सउल स्थित नेपाली दूतावासले जनाएको छ । यसरी स्वदेश फर्किनेहरुलाई प्रवेश प्र”तिवन्ध नलगाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै यो नियम १द्द अक्टुवरसम्ममा पूर्ण रुपमा खोप लगाएका वा ३१ डिसेम्वर २०२१ सम्ममा खोप लगाउनेहरुको हकमा समेत लागु हुने जनाएको छ ।

अ”परा’धको आ”रोपममा प्रहरीमा बुझाइएका र कोभिड १९ सम्वन्धि नियम उल्लंघन गरेका विदेशी नागरिकहरुको हममा समेत लागु हुने जनाइएको छ ।

यसरी फर्किन चाहनेहरुले एक डोज जोन्सनको खोप वा फाइजरको डवल डोज, मोडेर्ना वा एस्टाजेनेका खोप पूरा गर्ने विदेशी नागरिकहरु तथा पूर्ण खोप लगाएका तर १४ दिन

पुरा नभएकाहरुको हकमा पनि स्वेच्छिक रुपमा कोरिया छोड्दा कोरिया सरकारले हाल दिएको सुविधा प्राप्त गर्नेछन् ।
खोप लगाएको प्रमाण विद्युतिय माध्यमबाट वा प्रिन्ट गरिएको कपी बुझाउनु पर्ने सुचनामा जनाइएको छ ।

२०७८ कार्तिक ३, बुधबार १४:१९ गते 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।