२०७९ आश्विन १० सोमबार

नेपाली युवा भन्छन् : रियादको बथा-नेपाली मार्केट नजिक बधुले यसरी लु’ट्यो मेरो एक महिनाको कमाई !

चितवन : निराजन घिमिरे,- सन् २०१६ को मई २० तारिकमा म साउदी पुगेको थिए । साउदीको अल बवानी कम्पनीमा डकुमेन्ट कन्ट्रोलरको काम गर्नको लागी म त्याँहा पुगेको थिए ।

सुरुमा त साउदीको कानुन निकै कडा छ रे भनेको सुनेर निकै डर पनि लाग्यो । पहिला मलेशिया ३ वर्ष बसेर साउदी छिरेको म साउदीको हावापानी, रहन’सहन, कानुन लगायत सम्पूर्ण कुरामा अन्जान थिए । साउदीको एअर’पोर्टमा त ” झु’क्याएर अर्कै मान्छेले लैजान्छ रे, मरुभुमीमा भेडा चराउन लैजान्छ रे” लगायत कुरा नेपालमा निकै सुनिन्थ्यो ।

एअरपोर्टमा निकै डर पनि लाग्यो । हामीलाई लिन ई’न्डियन आएको रहेछ, त्यसैले अलि ढुक्क भैयो । कम्पनीमा पुगेर राम्रै संग काममा पनि लागियो । रियादको किंग अबदुल्ला फईना’न्न्सियल डिस्ट्रि’क्ट (KAFD) मा बन्दै गरेका सयौ भवन मध्ये हाम्रो कम्पनीले २ वटा भवन बनाउने ठेक्क्का पाएको रहेछ ।

मेरो डकुमेन्ट कन्ट्रोलर ड्युटी पनि त्यँही सुरु भयो। फिलिपिनो ईन्जिनियरहरु संग बसेर काम गर्नु पर्ने, बसाई चै रियादको बथा नजिकै सुमेसी भन्ने ठाउँमा थियो । हामीले कम गर्ने किंग अबदुल्ला फाईना’न्सियल डिस्ट्रिक (KAFD) भन्ने ठाउँ एकदिन अफिस जान गाडी चढ्साने ठाउँमा जाँदै थिए ।

बाटोमा १० रियालको नोटले मलाई हेरिरहेको देखे । टिप्न खोज्दा झट्ट एउटा कुराको याद आयो । साउदीमा त बाटोमा पैसा भेटे पनि टिप्न हुन्न रे, टिप्यो भने चोरेको भनेर हात काटि’दिन्छ रे, मैले त्यो १० रियाल टिप्ने आँट गर्न सकिन । सरासर गएर गाडीमा बसे । संगै बसेको फिलीपि’नोलाई सबै कुरा सुनाए ।

उसले ” इन्ता मजनुन ” भनेर जिस्का’यो । साउदी पुगेको तेश्रो महिना थियो । ६ तारिखमा खातामा तलब जम्मा हुने भएकोले त्यो दिनको माहोल नै अर्कै थियो । तलब १३०० खाना २५० र ओभ’रटाइम ८०० गरेर २३५० बुझ्ने वाला थिए मैले । विहिबार आधा दिन मात्र ड्युटी भएकाले हाप’टाईम मा बिदा थियो ।

२ बजे रुम पुगेर कपडा फेरेर सुमेसिको कुप्री (पुल) नजिकैको एटिएम् बाट पैसा निकालेर ट्याक्सी चढेर बथा पुंगे । ट्याक्सी ड्राईभर पाकिस्तानी संग रमाईला कुरा गदै बथा पुगियो । झुमाको अघिल्लो दिन भएर होला बथा बजार भिडभाड नै थियो । ट्याक्सी बाट झरेर म पनि त्यहि भिडमा मिसिए । सडकमा हिड्दै थिए एउटा कालो अफ्रिकन जस्तो मान्छे आएर म संग ठो\कियो ।

साउदीमा यस्ता मानिसलाई बधु भनिने रहेछ । ठोक्कि’ए पछी उसले मलाई अँगालो हालेर ” सरि हबिबी, ……., अरु के के भन्यो मैले बुझिन । ठो’क्किदा पनि अँगालो हालेर जाने, सरि भन्ने कस्तो मज्जाको मान्छे रहेछ, भन्दै सोच्दै पैसा हाल्ने ठाउँ सम्म पुंगे ।

पैसा हाल्न भौचर भरेर लाईनमा बसे । बल्लतल्ल पालो आयो । पैसा झिक्न भनेर खल्तीमा हात हाले, पैसा भेटिन । चोरी हुन्छ भन्ने डरले मैले पैसा पर्समा नराखी जिन्स पाईन्टको अगाडी पट्टिको गोजीमा राखेको थिए । पैसा नभेटे’पछि मेरो रक्त’संचार बन्द भयो, धर्ति भासियो, मेरा नौ-नाली गलेर आए । म रन्थनिएर त्याँहा बाट निस्केर ट्या’क्सी चढेर रुम आए।

घरमा पैसा आउँछ अनि व्यबहार मिलाउँला भनेर कुरेर बसेका छन्, आफुलाई यस्तो बज्र’पात आईपर्यो । बेलुका रुमका वरपरका संग आज यस्तो यस्तो भयो भनेर सुनाए । मैले त्यतिबेला सम्म पैसा कतै खसाएं भन्ने सोचेको थिए । बधु संग ठो’क्किएको र उसले अँगालो हालेर सरि भनेको कुरा गरेपछि सबैले त्यहि बधुले पाकेटमारेको ठोकुवा गरे ।

कानुन क’डा भएपनि साउदीमा पनि यस्ता घट’नाहरु हुनेरहेछन । मलाई पनि त्यहि बधुले लुटेको रहेछ । त्यसैले तपाई पनि घरमा पैसा पठाउन जाँदा ध्यान पुर्याउनुहोला । बदमास बधुहरुले तपाईलाई पनि बिताउन सक्छन । अहिले त मोबाइल एप बाट नै पैसा पठाउन सकिने सुबिधा पनि आईसक्यो । सकेसम्म ठुलो रकम खल्तीमा बोकेर नहिड्नुहोला ।-उज्यालो नेपाल बाट

२०७८ कार्तिक ४, बिहीबार १०:१२ गते 1 Minute 248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।