२०७९ आश्विन १५ शनिबार

दश बुँदेका कारण ओली र भीम रावलबिच ल’फडा, वार कि पारको स्थिति !

काठमाडौं : नेकपा एमालेभित्र १० बुँदे समझदारीबारेको विवाद सतहमा देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा १० बुँदेको

एकतारे नबजाउन भनेपछि उपाध्यक्ष भीम रावललगायत नेताहरूले असन्तु’ष्टि जनाएका छन्। उपाध्यक्ष रावलले पार्टीमा गरिएको १० बुँदे समझदारी पार्टी एकता बचाएर देशहितका लागि बजाइएको विगुल भएको बताएका छन्।

रावलले १० बुँदे सहमति एकतारे नभई पार्टी एकताका लागि बजाइएको ११ तारे विगुल भएको जवाफसमेत दिएका छन्।
‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ।

सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ,’ ट्वीट गर्दै रावलले भनेका छन्। अध्यक्ष ओलीले माधव नेपाल पार्टीमै बस्छन् भनेर त्यसबेला १० बुँदे गरिएको पनि बताएका थिए। नेता नेपालतिर रहेका एमालेका रावलसहित नेताहरू दश बुँदेलाई आधार देखाउँदै एमालेमै बसेका थिए।

नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत १० जना नेता भने माधव नेपालले खोलेको नयाँ पार्टीमा नगई एमालेमै क्रियाशील रहेका थिए।

रावललगायत नेताहरूले १० बुँदे कार्यान्वयन हुनुपर्ने बताइरहेका बेला ओलीले अब १० बुँदेको एकतारे नबजाउन भनेका हुन्। अध्यक्ष ओलीले गरेको टिप्पणीको भिडिओ राख्दै उपमहासचिव भुसालले पनि असन्तुष्टिको व्यक्त गरेका छन्।

ओलीको धारणालाई भद्दा भौतिकवाद भन्दै भुसालले एउटा संस्कृतको श्लोक पनि राखेका छन्स् यावत् जीवेत् सुखम् जीवेत्।ऋणं कृत्वा घृतं पिबेत्।भस्मिभूतस्य देहस्य पुनरागमनं कुतः।

आचार्य चार्वाकको यो श्लोकको अर्थ हुन्छ- जति जिउँछौ सुखसँग जिउने गर। ऋण गरेर भए पनि घिउ पिउने गर। चितामा भष्म हुने यो शरीर हो, पुनर्जन्म कसरी हुन्छरु

के भनेका थिए ओलीले ?

हिजो कताको के को यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर । गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे‘ यो पनि धेरै गरिरहनु आवश्यक छैन।

एकठाउँ मिलेर एकतावद्ध भएर अगाडि बढौं न खुरूक्क। अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो।

अब के दश बुँदे, दश बुँदेरु हाम्रो पार्टी, हामीले बनाएको पार्टी। अरू साथीहरूले बाटो बिराउनुभयो होला। फर्केर आउने काम गर्ने सिद्दियो नि त।

हामीले भनेका छौं- माधव नेपालको कुरो बेग्लै हो। माधव नेपालसँग झुक्किएर गएका साथीहरू, बाटो बिराएका पनि फर्क भनिराखेका छौं हामी। कुनै भेदभाव गर्दैनौं, आऊ काम गरौं।

योग्यताअनुसार प्रदेश कमिटी र योग्यताअनुसार केन्द्रमा बस्ने र योग्यताअनुसार जहाँ राख्न मिल्छ त्यहाँ राख्ने कुनै आग्रह छैन। तर माधव नेपाललाई नो इन्ट्री।

२०७८ कार्तिक ४, बिहीबार १७:३६ गते 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।